१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाले स्वागत गरेको छ। दक्षिण अफ्रिकाको सरकारले बिहीबार सो युद्धविरामको स्वागत गरेको बताइएको हो। इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो।

सो युद्धविरामको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले पनि बिहीबार स्वागत गरेका थिए। उनले यहाँ भएको युद्धविरामको समयलाई लम्ब्याउन र यसैमार्फत् इथियोपियामा शान्ति स्थापनाका लागि सबैको सहयोगका लागि आग्रह गरेका थिए।

दक्षिण अफ्रिकाको प्रिटोरियामा इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा हिंसा जारी राखेको टिगरे पिपुल्स लिबरेसन्स फ्रन्ट समूहका बीच शान्ति वार्ता भएको थियो र यसैक्रममा दुवै पक्ष बुधबार हालका लागि युद्धविराम गरी वार्ता प्रक्रिया अघि बढाउन सहमत भएका थिए।

दक्षिण अफ्रिकी सरकारको समन्वयमा सो वार्ता सुरु भएको र त्यसपछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका थिए। सो युद्धविरामको राष्ट्रसंघ र विश्व समुदायले नै स्वागत गरेको छ।

दक्षिण अफ्रिकाको सरकारले प्रकाशन गरेको विज्ञप्तिमा टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

बुधबार इथियोपियाली सरकार र उत्तरी इथियोपियाली टिगरेका विद्रोहीका तर्फबाट जारी गरिएको युद्धविरामको अवधिलाई थप लम्ब्याएर यसैबाट शान्ति स्थापनाको बाटो पहिल्याउन पनि सो विज्ञप्तिमा आग्रह गरिएको छ। 

प्रकाशित: १८ कार्तिक २०७९ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App