coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफ्रिकामा शरणार्थीहरु संकटपूर्ण अवस्थामा रहेका राष्ट्रसंघको भनाइ

संयुक्त राष्ट्रसंघले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका संकटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै संकटपूर्ण रहेको जनाएको छ।

संयुक्त राष्ट्रसंघले यहाँ सरकारहरुले राखेका तथ्यांकमा भन्दा पनि बढी शरणार्थीहरु रहेका र उनीहरुका समस्या पनि निकै धेरै रहेका बताएको हो। साथै यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका र आगामी दिनमा यो संख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसंघले दिएको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले सो कुरा बताएका हुन्। उनका अनुसार अफ्रिकी देशहरुमा शरणार्थीहरुको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था पनि अज्ञात रहेको उनको भनाइ छ।

सोमालिया र केन्याको पाँच दिने भ्रमण सकेसँगै मंगलबार दिएको प्रतिक्रियामा उनले सो कुरा बताएका हुन्। उनले यहाँका शरणार्थीहरुका कैयौँ समस्या रहेका, उनीहरुले संकटपूर्ण अवस्थाबाट दिन काट्नु परिरहेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका हुन्।

विश्वले नै यो संवेदनशील विषयमा ध्यान दिनु जरुरी छ र विश्वका दाता एवम् अन्य राष्ट्रहरुले सहयोगको हात बढाउनुपर्ने अवस्था छ– उनले भनेका छन्। सोमालियमा मात्र यस वर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्यांक संयुक्त राष्ट्रसघसँग रहेको उनले बताए।

उच्चायुक्त फिलिपोले सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरुको संख्या कम्तीमा पनि पाँच लाख रहेको जानकारी दिए। त्यसैगरी उनले केन्याका दबाद र काकुनामा रहेका शरणार्थी शिविरहरुको भ्रमण गरेका थिए। ती शिविरमा रहेका कम्तीमा पनि ५० हजार शरणार्थीलाई तत्कालै अत्यावश्यकीय सहयोगको खाँचो रहेको बताएका थिए।

प्रकाशित: ९ कार्तिक २०७९ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App