२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एन्फा प्रवक्ताले पनि दिए राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

एन्फा उपाध्यक्षविरुद्ध प्रशिक्षकको निवेदन

एन्फा प्रवक्ता किरण राईले बिहीबार प्रशिक्षक अल्मुताइरीले वरिष्ठ उपाध्यक्षका साथै अन्य दुई सञ्चारकर्मीमाथि छानबिन गर्न माग गर्दै एन्फामा निवदेन दर्ता गराएको बताए।

एन्फाको आकस्मिक बैठक शुक्रबार: प्रशिक्षकको राजीनामा घोषणा प्रकरणमा छलफल

प्रशिक्षक अब्दुल्लाहले आइतबार सामाजिक सन्जालमा एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले विगत तीन सातादेखि आफ्नो काममा अवरोध गरेको आरोप लगाउँदै राजीनामा बुझाउन जान लागेको उल्लेख गरेका थिए। यद्यपि उनले एन्फामा राजीनामा भने बुझाइसकेका छैनन्।

एन्फा प्रेसिडेन्ट लिग–२०७७ः धम्बोझी र धादिङ समाजको विजयी सुरुवात

लुम्बिनी प्रदेशको लिग च्याम्पियन ‘धम्बोझी क्लब बाँके’ र प्रदेश नम्बर ३ को लिग च्याम्पियन ‘धादिङ समाज धादिङ’ ले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा विजयी सुरुवात गरेका छन्। धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० गोलले पराजित गर्‍यो।

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ।

फर्कियो ‘बी’ डिभिजन लिग: खुमलटार र नयाँ बस्तीको सुखद सुरुआत

कोरोना भाइरस महामारीका कारण करिब १ वर्ष स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फर्कंदा नयाँ बस्ती युथ क्लब र खुमलटार युथ क्लबले सुखद सुरुआत गरेका छन्। लिगअन्तर्गत सोमबार एन्फा मुख्यालय सातदोबाटोको मैदानमा भएको दिनको दोस्रो खेलमा खुमलटारले पुलचोक स्पोर्ट्स क्लबमाथि ५–२ को जित हात पारेको हो।

रौतहटले जित्यो प्रदेश २ मेयर कपको उपाधि

प्रदेश २ मेयर कम एन्फा लिग फुटबल प्रतियोगिताको उपाधिमाथि रौतहटले कब्जा जमाएको छ। रौतहटको चन्द्रपुरस्थित शेरबहादुर दर्लामी खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा रौतहटले महोत्तरीमाथि २–१ को विजय हासिल गर्दै प्रदेश २ मेयर कपमाथि कब्जा जमाएको हो।

एन्फासँग कर्णाली सरकार पराजित

कर्णाली प्रदेश सरकारको स्थापना दिवसको अवसर पारेर शुक्रबार वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगीतामा मुख्यमन्त्रीको कप्तानीमा रहेको कर्णाली–११ लाई हराउँदै एन्फा–११ विजयी भएको छ ।

कास्कीको भिण्डाबारीमा एन्फा टेक्निकल सेन्टर बनाउने योजना

अखिल नेपाल फुटबल महासंघ (एन्फा) ले भिण्डाबारीमा एन्फा टेक्निकल सेन्टर बनाउन थालेको हो ।

एन्फा प्रवक्ताको नक्कली फेसबुक बनाएर पैसा माग्ने पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईको नक्कली फेसबुक बनाएर ठगी धन्दा चलाउने एक युवा पक्राउ परेका छन्।

एन्फालाई समन्वयमा काम गर्न आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलावालले फुटबल विकासका लागि एन्फाले ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने सल्लाह दिएका छन्।

एन्फा कास्कीमा छानबिन,अनियमितता देखिएको निष्कर्ष

एक हप्ता लगाएर गरिएको छानबिनका क्रममा करिब २९ लाख रुपैयाँ अनियमितता भएको देखिएको स्रोतले बताएको छ। १८ वटा शीर्षकमा सो रकम अनियमितता भएको स्रोतको दाबी छ।

एन्फाद्वारा कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु

कास्की जिल्ला फुटबल संघमाथि छानविन सुरु गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)द्वारा गठित समितिले बैंक स्टेटमेन्ट अनुसार खर्चको विवरण पेश गर्न संघलाई पत्र काटेको छ ।

एन्फा अनुशासन समितिमा निर्णय बदरको निवेदन

भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रले विघटन गरी तदर्थ समिति गठनविरुद्ध एन्फा अनुशासन समितिमा निर्णय बदरको लागि शुक्रबार निवेदन दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्