७ वैशाख २०८१ शुक्रबार
खेल

एन्फासँग कर्णाली सरकार पराजित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टीम । नगेन्द्र उपाध्याय/नागरिक

कर्णाली प्रदेश सरकारको स्थापना दिवसको अवसर पारेर शुक्रबार वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगीतामा मुख्यमन्त्रीको कप्तानीमा रहेको कर्णाली–११ लाई हराउँदै एन्फा–११ विजयी भएको छ। एन्फाले कर्णाली सरकारविरुद्ध पेनाल्टीमार्फत दुई गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयसम्म दुबैतर्फबाट एक–एक गोल भएपछि खेल ट्राइब्रेकमा धकेलिएको थियो । ट्राइब्रेकमा एन्फाले तीन गोल ग¥यो भने कर्णाली सरकारले सान्त्वना स्वरुप एक गोल मात्रै फर्काउन सक्यो ।

कर्णाली सरकारबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री नन्दसिं बुढा मैदानमा उत्रिएका थिए भने एन्फाबाट पूर्व राष्ट्रिय फुटवल टोलीका कप्तान तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहको नेतृत्वमा मैदानमा उत्रिएको थियो ।  

मुख्यमन्त्री शाही ३० मिनेट, सरकारका प्रवक्तासमेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी १५ मिनेट, सामाजिक विकास मन्त्री दल रावल १० मिनेट र सभामुख राजबहादु शाही आठ मिनेट मैदानमा रहे । एन्फा कर्णालीका अध्यक्ष प्रमोद हमालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजनाका लागि सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले कोरोना कहरका कारण रोकिएको खेल गतिविधिलाई बढाउनका लागि पनि मैत्रीपूर्ण खेलकुद प्रतियोगीता आयोजना गरिएको बताए ।  

सरकारका प्रवक्ता विमला केसीले कर्णाली दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता आयोजना गर्न प्रदेश सरकार सक्षम छ भन्ने सन्देश दिन एवम् खेलकुदका गतिविधिहरुलाई बढाउन स्थापना दिवसको अवसर पारेर फुटवल प्रतियोगीता आयोजना गरिएको बताइन् । 

एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले सुर्खेत र जुम्लामा एन्फा गठन भइसकेको र बाँकी जिल्लाहरुमा प्रक्रिया सुरु गरिएको बताए । उनले कर्णालीबाट खेलाडीहरु उत्पादन गर्नका लागि विद्यालयस्तरबाटै प्रशिक्षणहरु सञ्चालन गरिने बताए ।  

प्रकाशित: ३० माघ २०७७ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App