७ वैशाख २०८१ शुक्रबार
खेल

एन्फा प्रवक्ताले पनि दिए राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रवक्ताबाट राजीनामा दिएका किरण राईले विभिन्न पक्षबाट भइरहेका गतिविधिहरु बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेश गरेका छन्।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरी र एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङको छानविनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने विषयमा असहमत भएका प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका हुन्। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गरेर राजीनामा गरेको घोषणा गरेका हुन्। 

केन्द्रीय सदस्य किरण राईले पत्रकार सम्मेलनमा नेपाली फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न आह्वान पनि गरेका छन्। प्रशिक्षक र उपाध्यक्ष बीचको समस्या समाधानका लागि खेलकुद मन्त्रालयलाई जिम्मेवारी दिने कामले गलत नजीर बसाउने पूर्व प्रवक्ता राईले बताए।

अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुने भन्दै पूर्व प्रवक्ता राईले अहिले एकले अर्कालाई दोषारोपण गर्ने काम बन्द गर्न आग्रह गरेका छन्। पदाधिकारीको रुपमा समितिको कामको विरोध गर्न नमिल्ने भएकाले स्वतन्त्र तरिकाले खबरदारी गर्न राजीनामा दिने निर्णय भएको प्रवक्ता किरण राईले बताए। प्रवक्ताबाट हटे पनि केन्द्रीय सदस्य पदमा रहिरहने पूर्व प्रवक्ता राईले बताए।

एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी वैशाखमा निर्वाचन हुँदैछ। निर्वाचन नजिक आउँदै गर्दा अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङबीचको मतभेद चुलिँदै गएको छ। यस विषयमा पनि राईले दुवै पक्षले अहिले गरिरहेका गतिविधिहरु बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेश गरका छन्।

प्रकाशित: १८ श्रावण २०७८ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App