coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रौतहटले जित्यो प्रदेश २ मेयर कपको उपाधि

प्रदेश २ मेयर कम एन्फा लिग फुटबल प्रतियोगिताको उपाधिमाथि रौतहटले कब्जा जमाएको छ। रौतहटको चन्द्रपुरस्थित शेरबहादुर दर्लामी खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा रौतहटले महोत्तरीमाथि २–१ को विजय हासिल गर्दै प्रदेश २ मेयर कपमाथि कब्जा जमाएको हो।

पुरस्कारको राशी दुई लाख रुपैयाँ नगद पुरस्कार रहेको मेयर कपको उपाधि रौतहटले जितेपछि द्वितीय स्थानमा पुगेको चित्त बुझाउन बाध्य महोत्तरीले एक लाख रुपैयाँ नगदसहित उपविजेतामा सीमित बन्न पुगेको छ।  

अत्यन्तै रोमांचक खेलमा मध्यान्तरअघि कुनै टिमले गोल गर्न सकेको थिएन। महोत्तरीका अफेन्स कृष्ण राना र खड्का बुढाथोकीको पास तालमेल निकै राम्रो देखिएको थियो। रौतहटका बिक्कि चामलिंग राईले ठूलो डिबक्सबाट गोलका लागि पटक पटक लामो किक प्रहार गरेका थिए। महोत्तरीका गोलकिपर अमरसिंह थापाले राईले प्रहार गरेको बल गोल हुनबाट बारबार जोगाएका थिए। रौतहट र महोत्तरीले मध्यान्ह अघि दुई÷दुई वटा फल हान्ने अवसर पायो। तर दुबै टिमबाट गोल हुन सकेन।  

अत्यन्तै प्रतिस्पर्धी खेलमा मध्यान्तरपछिको २३ औ मिनेटमा रौतहटका उज्वल भण्डारीले महोत्तरीका खेलाडीलाई फल गरेपछि दिपेन श्रेष्ठले लामो फ्रिकिक प्रहार गरे। रौतहटका गोल किपर अनिस थापामगरले बलले जाली चुमेको पत्तो पाएनन्। महोत्तरीलाई श्रेष्ठले एकगोलको अग्रता दिलाउन सफल भए। गोल बराबरी गर्न रौतहटलाई निकै चुनौती थियो।  

उसका राम्रा खेलाडी बिबेक चामलींग राई घाइते भए। उनी मैदानबाट बाहिरिए पछि उनको स्थानमा मैदान प्रवेश गरेका अभि प्रहरीले प्रदिप तामांगले दिएको पासको सदुपयोग गर्दै मध्यान्तरपछिको ३३ औ मिनेटमा शानदार गोल गरे। र टिमलाई बराबरीमा पुर्‍याए। गोल बराबरी पछि दुबै टिम निकै हौसियो। र खेलको ४३ औ मिनेटमा रौतहटका तर्फबाट धिरोज माझीले थप एक गोल गरे। उनी पनि मध्यान्तरपछि बिपिन श्रेष्ठको बदलामा मैदान प्रवेश गरेका थिए। उनकै गोल मदतले रौतहटले उपाधी हात पारेको हो।  

खेलको म्यान अ फदी म्याच रौतहटका प्रताप तामांग भएका छन्। उनले नगद ५ हजार पाएका छन्। त्यस्तै उत्कृष्ठ गोलकिपरको उपाधी रौतहटकै अनिष थापामगरले पाएका छन्। उनले नगद १० हजार हात पारेका छन्। उत्कृष्ठ मिडफिल्डरको उपाधि रौतहटका बिक्कि चामलींग राई, उत्कृष्ठ डिफेन्डर महोत्तरीका दिपेन श्रेष्ठ, उत्कृष्ठ फरवार्ड महोत्तरीका कृष्ण राना भएर जनही १० हजार पुरस्कार प्राप्त गरेका छन्। खेल अवधिभर उत्कृष्ठ खेल प्रर्दशन गरेको भन्दै रौतहटका टिम क्याप्टेन शिव श्रेष्ठ म्यान अफ दी सिरिज घोषित हुँदै मोटरसाइकल प्रप्त गर्न सफल भएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७७ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App