१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एन्फा अनुशासन समितिमा निर्णय बदरको निवेदन

एन्फा भक्तपुर विघटनविरुद्ध

भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रले विघटन गरी तदर्थ समिति गठनविरुद्ध एन्फा अनुशासन समितिमा निर्णय बदरको लागि शुक्रबार निवेदन दिएको छ । विघटित एन्फा भक्तपुरका अध्यक्ष गौतम सुजखुसहितको संघका पदाधिकारीहरु, ललिपुर जिल्ला अध्यक्ष पुरुषोतम थापा र धादिंग जिल्ला अध्यक्ष दिपक खतिवडासहितको टिमले निवेदन महासचिब ईन्द्रमान तुलाधरलाई एन्फा कमप्लेक्स सातदोबाटोमा एक समारोहबीच हस्तातरण गरे ।

निवेदनमा भक्तपुर जिल्ला फुटवल संघ अखिल नेपाल फुटवल संघ (एन्फा) का प्रतिनिधि संजिब मिश्रलगायतको उपस्थितिमा २०७४ चैत २७ गते साधारण सभा सम्पन्न भएको र उक्त साधारणसभाबाट गौतम सुजखुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको उल्लेख छ । तत्पश्चात भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई एन्फाको मिति २०७५ बैशाख २२ गते १६ औ साधारणसभाबाट हालको अध्यक्ष कर्मा छिरिग शेर्पा निर्वाचित भएको र भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई अखिल नेपाल फुटबल संघको १७ औं बिशेष साधारणसभा चितवनमा २०७५ श्रावण ३० गते सम्पन्न भएको जनाएको छ । त्यसपछि २०७६ चैत ९ गते साफ महिला फुटबल प्रतियोगिता बिराटनगरमा भएको बेला साधारणसभा समेतमा यस संघबाट प्रतिनिधिहरुको सक्रिय सहभागी भएको जनाएको छ ।  

भक्तपुर जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिताहरु संचालन गरेको र । एन्फाको २०७६ श्रावण १४ गते आपतकालिन समितिको बैठकबाट छानविन समितिले दिएको प्रतिवेदनको आरोप निराधार रहेको साथै संघको बैठक बसी जिल्ला लिग सञ्चालनमा क्लब दर्ताको लागि स्थानीय पत्रिकामा १० दिनको म्याद राखी सूचना पठाएको सोही अवधिमा दर्ता गरेको टिमक्लब राखी लिग सञ्चालन गरेको र नियम पक्रिया नपु¥याई दर्ता गर्न आएको टिम क्लबलाईमात्र दर्ता नगरेको जनाएको छ । सो सम्बन्धमा छानबिन समितिका प्रतिनिधि मधुसुदन उपाध्यायलाई भक्तपुर आउदा धारा २१ उपधारा ३ (क) र (ट) अनुसार रहेको प्यानसहितको टिमक्लब दर्ताको कागजात पेश गरेको साथै लिग संचालनको लागि एन्फाबाट प्रेशित प्रतियोगिता नियमावलीले जिल्ला संघलाई दिएको अधिकार प्रयोग गरी जिल्ला संघको निर्णय भए अनुसार सो नियमावलीको अन्तमा क्लबहरुको जानकारीको लागि मात्र प्रतियोगितामा क्लब दर्ता र धरौटी शुुल्क र लिगको अन्तिम निर्णायक अधिकार जिल्ला संघलाई हुने भनी नियमानुसार आवश्यक बुदाहरु थप गरी टिमक्लबलाई पत्राचारसम्म गरेको जनाएको छ । एन्फाको नियमावली सच्चाएको वा विधान तथा नियमावली विपरितको कुनै पनि कार्य गरेको छैन, होइन् पत्रमा भनिएको छ । साथै संघले धारा १४(१)(क) अनुसार एन्फाको विधान, नियमावली, निर्देशिका तथा निर्णय पालना तथा दायित्व बहान भएको जनाएको छ । साथै १४(१)(ट) बमोजिम सदस्यहरुको लगत नियमित रुपले  ब्यवस्थित गर्ने कार्य पनि भएको जनाएको छ । बरु विगत केहीं समयदेखि एन्फा कार्यसमितिले निजि स्वार्थलाई सर्वोपरी ठानी विधान विपरित र आर्थिक अनियमियतता गरेको तथा सदस्य संघहरुलाई निषेधको व्यवहार गर्ने गरेको हुदा हामी एन्फाका जिल्ला सदस्य संघहरुले यस विषयमा छानबिन गरी कार्यवाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संघीय संसदको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद लगायतको निकायमा उजुरी समेत दर्ता गरेका जनाएको छ ।

प्रकाशित: १२ असार २०७७ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App