२६ पुस २०८१ शुक्रबार
image/svg+xml

प्रदेश २ः संक्रमितको संख्या ८ सय १५ पुग्यो, एकैदिन थपिए १२० जना

प्रदेश २ म कोरोना संक्रमितको संख्या ८१५ पुगेको छ । मंगलबार दिउँसो थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ८१५ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।

थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये २७० जना पुरुष र १८ जना महिला रहेका छन् ।

अमेरिकामा एकै दिन ७४३ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ।

भुल्केमा यसरी नियन्त्रणमा आयो कोरोना

वैशाख ५ गते एकैदिन ११ जमातिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै उदयपुरको भुल्के एकाएक चर्चामा आयो । ‘भारतीय धर्मप्रचारहरु लुकेर बसेको’ स्थानीयले रिपोर्ट गरे अनुसार प्रहरी प्रशासनले अनुगमन गर्दा त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदमा १२ भारतीयसहित १६ जमाति भेटिएपछि मस्जिदलाई क्वारेन्टिनमा परिणत गरी त्यहीँ राखियो ।

थप ७४ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३१०

रौतहटमा मंगलबार थप ७४ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यमुनामाई गाउपालीकामा ३ जना, दुर्गा भगवती गाउपालीकामा १४ जना, राजपुर नगरपालीकामा २१ जना, गढीमाई नगरपालीकामा १ जना, परोहा नगरपालीकामा ४ जना, राजदेवी नगरपालीकामा १८ जना र सदरमुकाम गौर नगरपालीकामा १३ जना गरी जम्मा ७४ जनामा संक्रमण देखा परेको हो ।

मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो

युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन्।

सुकुटे क्षेत्रका ११ रेष्टुराँलाई क्वारेन्टिन बनाइदै

सुनकोसी नदी बगरको पर्यटकीय हब सुकुटे क्षेत्रका ११ होटल, रेष्टुँरालाई क्वारेन्टिन बनाइने भएको छ । पछिल्लो समय मुलुकमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्नुका साथै सरकारले तेस्रो मुलुकमा रहेका नेपाली फर्काउने तयारी गरेपछि जिल्लामा क्वारेन्टिनको क्षमता बिस्तार गर्न लागिएको हो ।

कोरोनाबाट विश्वमा ३ लाख ७७ हजार बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

कोरोनापछिको ‘न्यु नर्मल’

कोभिड–१९ पछिको अवस्थामा कुनै पनि मुलुक विजेता बन्ने छैनन्। सबैले धेरथोर गुमाउनेछन्, तर जसले सही व्यवस्थापन गर्न सक्छ, प्रविधिको उच्चतम् प्रयोग गरेर आर्थिक–सामाजिक गतिविधिलाई चलायमान बनाउँछ, उही चाँडै तंग्रिनेछ।

कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ । मंगलबार कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।

वीपीबाट १८ जना संक्रमित निको भएर घर फर्किए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा धरानकी एक महिला हुन् भने १७ जना झापाका हुन्। उनीहरुलाई हिजो सोमबार राति करिब साढे ९ बजे प्रतिष्ठानबाट विदाई गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

भारतबाट फर्किंदा कोसेली ‘कोरोना’

दुई महिनादेखि क्वारेन्टिन सञ्चालन गरेर आवास तथा खानपान व्यवस्थापन गरिरहेका छौं। दैनिक कम्तीमा ५० हजार खर्च भइरहेको छ। सबै पैसा क्वारेन्टिन व्यवस्थापनमै सकिन लाग्यो।

उपचारमा सघाउँदै संक्रमित स्वास्थ्यकर्मी

विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा धनकुटाका चार जना स्वास्थ्यकर्मी उपचाररत छन्। आफैं उपचारका लागि आएको भए पनि उनीहरू अस्पतालमा बिरामी बनेर बसेका छैनन्।

कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो

यतिबेला विश्व नै कोरोनाको महामारीबाट अक्रान्त छ। कोरोना कहरको यो समयमा एलोप्याथी अर्थात् आधुनिक मेडिसिन नै प्रयोग गर्नेहरु पनि आयुर्वेद तथा वैकल्पिक चिकित्समा फर्किसकेका छन्।

प्रतिरक्षा प्रणाली, खोप र कोभिड–१९

अहिलेको रफ्तार हेर्दा भ्याक्सिन बन्नुअघि नै कोरोना भाइरसले संसारका सबै मानिसलाई संक्रमण गर्न भ्याउला जस्तो देखियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्