१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वीपीबाट १८ जना संक्रमित निको भएर घर फर्किए

डिस्चार्ज भएकाहरुलाई विदाई गर्दै धरानका मेयर, अस्पतालका पदाधिकारी तथा चिकित्सकहरु। तस्बिर:नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा धरानकी एक महिला हुन् भने १७ जना झापाका हुन्। उनीहरुलाई हिजो सोमबार राति करिब साढे ९ बजे प्रतिष्ठानबाट विदाई गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइएको हो। उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए। धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको प्रतिष्ठानले जनाएको छ।  

निको भएर घर फर्किएका झापाको कचनकवल गाउँपालिकाका अयुब मियाँले अस्पताल बसाई राम्रो भएको बताए। उनले सरकार, अस्पताल र स्वास्थ्यकर्मीहरुलाई आभार प्रकट गर्दै नेपाल सरकारलाई १ हजार भारतीय रुपैया दान गर्न चाहेको बताएका थिए। तर, मेयर राईलगायतले पैसा नलिने र झापामा गएर सिडिओलाई नै हस्तान्तरण गर्न आग्रह गरेका थिए। 

प्रकाशित: २० जेष्ठ २०७७ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App