१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनाबाट विश्वमा ३ लाख ७७ हजार बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २९ लाख २० हजार ८९६ जना निको भएका छन्।। विश्वभरीमा ३० लाख ८५ हजार १४० हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन्।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ७८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ५९ हजार ५९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ। यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार ९२७ व्यक्तिको मृत्यु भएको छ।

दक्षिणमा अमेरिकामा ९ लाख ७ हजार २२७ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ ४१ हजार १२० को मृत्यु भएको छ। युरोपमा २० लाख ४३ हजार ५२२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७४ हजार ८६० को मृत्यु भएको छ।

एसियामा ११ लाख ७० हजार ९१६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३१ हजार ३८० जनाको मृत्यु भएको छ। अफ्रिकामा १ लाख ५५ हजार ३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ३६९ जनाको मृत्यु भएको छ।

प्रकाशित: २० जेष्ठ २०७७ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App