६ आश्विन २०८१ आइतबार
image/svg+xml

सिन्धुपाल्चोक पहिरोले क्षतिग्रस्त: ५० जना बेपत्ता, घरहरू बगाउने क्रम राेकिएन

सिन्धुपाल्चोकको हेलम्बु पहिरोले क्षतिग्रस्त भएको छ। खोलामा उर्लिएर आएकाे बाढीलेमंगलबार बेलुका करिब ६ बजे गएको पहिरोका कारण त्यहाँका बस्ती,माछा फर्म बगाएको छ।

कोभिडको असरः ह्याचरी उद्योगमा ६ अर्बको क्षति

बजारमा चल्ला बिक्री नभएपछि सञ्चालनमा रहेका ह्याचरी उद्योगले निकै न्यून मात्रामा उत्पादन गरिरहेका छन्।

द्वन्द्वमा क्षति प्रहरी चौकी: धेरै भत्काईए थोरै बनाईए

तत्कालीन माओवादी १० बर्षे सशस्त्र द्वन्द्वताका भत्काईएको प्रहरी प्रहरी चौकीको पुर्न निर्माणले गति पाउन सकेको छैन। उतिबेला जिल्लामा २३ प्रहरी चौकी ध्वस्त बनाईएकोमा अहिले सम्म चारवटा पुर्ननिर्माण गरिएको छ भने २ वटा भवन निर्माणको अन्तिम चरणमा छन्।

खोलामा आएको बाढीले एक दर्जन बढी घरमा क्षति

वर्षा सुरु भएसंगै जिल्लामा विपद्का घटनाहरु बाहिर आउन थालेका छन्। जथाभावी डोजरको प्रयोग गरेर खनेका सडकहरुका कारण बाढी पहिरोको जोखिम बढेको बताइएको छ। धेरै स्थानीय तहहरुले विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी समेत गरेका छैनन्।

भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ।

सेती बाढीः नौ वर्ष अघिको त्यो कहालीलाग्दो क्षति

गत माघ अन्तिम साता भारतको उत्तराखण्डको हिमाली क्षेत्रमा भीषण हिमपहिरो आयो। त्यही हिमपहिरोले बाढी निम्त्याउँदा ठूलो मानवीय र भौतिक क्षति भोग्नुपर्‍यो। भारतको त्यो हिमपहिरो र बाढी नेपालमा नौ वर्ष अघि सेती नदीमा आएको बेमौसमी बाढीको प्रकृतिसँग मिल्दो थियो।

आगलागीबाट घर गोठ जल्दा साढे १६ लाख क्षति

उदयपुरमा शुक्रबार दिउसो आगलागी हुँदा एक घर गोठ जलेर नष्ट भएको छ। शुक्रबार दिउसो साढे तीन बजे एक्क्कासी आगलागी हुँदा जिल्लाको बेलका नगरपालिका २ शिवालयटोलका चक्रबहादुर राईको घर र छिमेकी तेजबहादुर नेपालीको गोठ जलेर नष्ट भएको हो।

असिनाले भएको क्षति विवरण पेश गर्न किसानलाई आव्हान

प्रारम्भिक सर्भेक्षण अनुसार हाल सम्म १५ करोड बरावरको तरकारी बालीको क्षति भएको विवरण प्राप्त भएको पालिका कृषि तथा भेटेनरी शाखाले जानकारी दिएको छ। संकलन भएका विवरणहरू पालिकाको आर्थिक समितिमा पेश गरिने भेटनरी शाखाका प्रमुख राजकुमार राईले जानकारी दिए।

डढेलो गाउँ पस्दा दिनानुदिन क्षति

खोटाङमा जंगलमा लागेको डढेलो गाउँ पस्दा दिनानुदिन क्षति हुन थालेको छ। स्थानीय रक्तमाला सामुदायीक वनमा लागेको डढेलोले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी दानसिंका शिवराज आले मगरको घर जलेको छ।

जबरजस्ती घरटहरा भत्काएको भन्दै स्थानीय आक्रोशित

उचित क्षतिपूर्ति नदिई भक्तपुरको हनुमन्ते खोला करिडोर विस्तारको नाममा जबरजस्ती घरटहरा भत्काएको भन्दै स्थानीय आक्रोशित भएका छन्। बुधबार भक्तपुरको राधेराधेको अघिल्तिरको करिडोरमा प्रशासनले प्रहरी लगाएर टहरा भत्काएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

बबरमहल र केशरमहल प्रबलीकरण एक तिहाइ सकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७६ सालमा यी दुई संरचनाको प्रबलीकरण सुरु गरेको थियो। पुनर्निर्माण प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले यी दुई भवनको काम एक तिहाइ सकिएको जनाएको छ।

विद्यालयमा आगलागी, एक करोड बढीको क्षति

विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ बजेदेखि आगलागी सुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए। आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताए।

मानवीय क्षतिसँगै हात्ती मर्ने क्रम बढ्यो

कोसी टप्पु वन्यजन्तु आरक्षण तथा आसपासका क्षेत्रमा रहेका जंगली हात्तीले मानवीय क्षति गर्ने क्रम बढेसँगै हात्ती मर्ने क्रम पनि बढेको छ। शुक्रबार राति सप्तरीमा आरक्ष क्षेत्रकै एउटा हात्ती मृत अवस्थामा भेटिएको छ।

धादिङमा बाढीले बस्तीमा क्षति, १२ सय माछा बगायो

जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ४ दोभानटारमा बिहिबार राती आएको बाढीले बस्तीमा क्षति पुर्याएको छ । च्याँडु खोलामा आएको बाढी बस्तीमा छिर्दा घरका आँगन तथा पिढी समेत भाँसिएको छ भने झ्याल ढोका समेत बगाएका छन् । घरमा रहेको सरसामान बगाएको र बाँकी छरिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्