२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीबाट घर गोठ जल्दा साढे १६ लाख क्षति

क्याप्सनः आगो निभाउँदै प्रहरी र सशस्त्र । तस्विरः महेश्वर

उदयपुरमा शुक्रबार दिउसो आगलागी हुँदा एक घर गोठ जलेर नष्ट भएको छ। शुक्रबार दिउसो साढे तीन बजे एक्क्कासी आगलागी हुँदा जिल्लाको बेलका नगरपालिका २ शिवालयटोलका चक्रबहादुर राईको घर र छिमेकी तेजबहादुर नेपालीको गोठ जलेर नष्ट भएको हो।

राईको घरमा विद्युत सर्ट आगो लाग्दा जस्ताको छानो भएको २ तले काठे घर जलेर घरभित्र रहेका सम्पूर्ण खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण कागजात जलेर नष्ट भएको प्रहरी चौकी भागलपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ । आगाले राईको कम्तीमा १५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

त्यस्तै राईको घरछेउमै रहेको छिमेकी नेपालीको फुसको छानो भएको गोठ जलेर नष्ट भएको छ। गोठ जल्दा नेपालीको १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी चौकीले जनाएको छ। आगो लागेको खवर आएलगत्तै भागलपुर प्रहरी चौकी प्रमुख सहायक निरीक्षक कमाण्डको टोली र इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षक कमाण्डमा गएको टोलीले स्थानीयसँग मिलेर आगो नियन्त्रणमा लिएका थिए।

प्रहरीको संयुक्त २ टोलीले नगरपालिकाको दमकल स्थानीयको सहयोगमा साँझ ६ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगोले धनसम्पत्ति क्षति गरे पनि मानवीय क्षति र चौपाया भने केही नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०७८ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App