५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

परिवारले शव बुझे

खाल्डोमा डुुबेर मृत्यु भएका दुई बालकका परिवारलाई क्षतिपुर्ती दिने सहमति पछि परिवारले शव बुझेका छन् । सोमबार बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दिप लावडको सडकमा होमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।  

देहिमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत सुन्दरखालीमा होमपाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएपछि क्षतिपुर्तीको माग गर्दै परिवारले शव बुझेका थिएनन् । मृतकका परिवार, निर्माण व्यवसायी र जनप्रतिनिधिबीच पीडित परिवारलाई १० लाख रूपैयाँ क्षतिपुर्ती दिने सहमति पछि परिवारले दुवै बालकको शव बुझेका हुन् ।  

सडक स्तरोन्नतीको काम गरिरहेका निर्माण व्यवसायीले ६ लाख र दशरथचन्द नगरपालिका तर्फबाट ४ लाख रूपैयाँ दिने सहमति भएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिए । 

प्रकाशित: ३ भाद्र २०७७ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App