२ माघ २०८१ बुधबार
image/svg+xml

बलात्कार र हिंसाका मुद्दा ‘फास्ट ट्र्याक’मा

दिनहुँ बलात्कारजस्ता जघन्य अपराधका साथै महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दै जान थालेपछि काठमाडौं जिल्ला अदालतले महिलाका मुद्दालाई ‘फास्ट ट्र्याक’ बाट सुनुवाइ थाल्ने भएको छ। जबर्जस्ती करणीलगायत महिला पीडित रहेका मुद्दामा ढिलाइ गरेमा प्रमाण नष्ट हुने हुँदा अदालतले छिटो बाटो रोज्ने भएको हो।

संविधान संशोधनको अजेन्डा अलपत्र

संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान राख्दै आएको मधेस केन्द्रित राजनीतिक दलहरूले प्रदेश र प्रनिधिसभा निर्वाचनपछि भने संशोधनको विषयलाई उठाउनै छाडेका छन्।

धनगढीमा आमहडताल

प्रदेशसभाले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय गरेपछि त्यसको विरोधमा धनगढीमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ।

'देश डुब्दैन, म छु'

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू केही दिन बाहिर हुँदैमा देश नडुब्ने बताएका छन्।

राजधानीका संरचना छिन्नभिन्न पारिँदै

प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन्।

‘अमलेखगञ्ज पेट्रोल पाइपलाइन समयमै निर्माण हुन्छ’

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताएका छन्।

नेपाली बुलेटलाई ग्यास ढुवानी दिन भारत सहमत

अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्न पाउने भएका छन्। नेपाल र भारतमन्त्रीस्तरीय बैठकमा नेपाली बुलेटलाई ग्यास ढुवानी गर्न दिने सहमति भएको हो।

प्रदेश ७ : ‘नाम सुदूरपश्चिम राजधानी गोदावरी’ राख्ने प्रस्ताव दुई तिहाईले पारित

प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव प्रदेशसभाको दुईतिहाईले पारित गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाको बहिष्कारका बाबजुद बसेको प्रदेश सभा बैठकको दुई तिहाई बहुमतले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी रहने निर्णय गरेको हो।

प्रदेश ७ नाम र राजधानी विवाद : कांग्रेस र राजपाद्वारा सदन बहिष्कार, बैठक जारी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले प्रदेश ७ को प्रदेशसभा बैठक बहिष्कार गरेको छ। प्रदेशको प्रस्तावित नाम र राजधानीमा असन्तुष्टि जनाउँदै कांग्रेसका १२ र राजपाका २ सांसदले बैठक बहिष्कार गरेका छन्।

डोटीमा राजधानी माग्दै बन्द

७ नम्बर प्रदेशको स्थायी राजधानी माग्दै आज डोटी बन्द गरिएको छ। विहानैदेखी सडक, बजार, सरकारी तथा गैह्र सरकारी कार्यालय, शिक्षण संस्था लगायत बन्द गरिएका छन्। बिहान नौबजेबाट सडक समेत बन्द गरिएको छ। जसले पुरै जिल्ला ठप्प पारेको छ।

राजधानीे र नामको टुंगो लगाउन आज मतदान हुँदै

प्रदेश नम्बर ७ को नाम र राजधानीको टुंगो लगाउन आज मतदान हुने भएको छ। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मतदानबाट प्रदेशसभाको नाम र राजधानी टुंगो लगाइने प्रदेशसभा सचिवालयले जनाएको छ।

जंगल फाँडेर राजधानी बनाइँदा चुरे जोखिममा

प्रदेश ७ को राजधानी चुरेको फेद गोदावरी नगरपालिकामा बन्ने करिब निश्चितजस्तै बनेको छ। संसद्ले राजधानीको स्थान र नाम तोक्नका लागि गठन गरेको विशेष सुझाव समितिले गोदावरी–६ तेघरीनजिकको जंगलमा राख्न पेस गरेको प्रस्तावको समर्थनमा सत्तापक्षका सांसद उभिएपछि यो पारित हुने भएको हो।

विश्व आतंकवाद, विदेश नीति र वातावरणीय परिवर्तनमा जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले अाज न्यूर्योकस्थित ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका छन्। विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो।

स्थायी राजधानी माग्दै दिपायलवासी फेरि सडकमा

७ नम्बर प्रदेशको स्थायी राजधानी माग्दै दिपायलमा फेरि आन्दोलन शुरु भएको छ। प्रदेश नामाकरण गर्न बनेको विशेष समितिले प्रदेश सभामा आफ्नो प्रतिवेदन पेश गरेसंगै फेरि दिपायलबासी आन्दोलनमा उत्रिएका छन्।

मिश्रित निर्वाचन प्रणाली अपनाउन र पदाधिकारी मनोनित प्रावधान हटाउन सुझाव

कांग्रेसमा सभापतिलाई बलियो बनाएर लैजाने कि सामूहिक वा मिश्रित प्रणालीबाट जाने भन्ने बिषयमा बहस चलिरहँदा प्रदेश ५ का विभिन्न जिल्लाका नेताले मध्यमार्गी बाटो अपनाउनु पर्नेमा जोड दिएका छन्। विधान संशोधन सुझाव संकलनको प्रदेश ५ को भेलामा सहभागी जिल्ला सभापति, महाधिवेशन तथा महासमिति सदस्य र भातृ, भगिनी संस्थाका सभापतिहरुले सभापतीय तथा एकल संक्रमणीय निर्वाचन पद्धति तथा सामूहिक नेतृत्व पद्धतिमध्ये मिश्रित प्रणालीलाई अवलम्बन गर्दै पार्टीलाई कार्यकर्ता केन्द्रित गराउनुपर्ने सुझाव दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्