२ माघ २०८१ बुधबार
image/svg+xml

शून्यबाट अनुसन्धान थाल्न माग

नेपाल मानवअधिकार संगठनले निर्मला पन्त हत्या प्रकरणमा शून्यबाट अनुसन्धान थाल्न माग गरेको छ । संगठनले तयार पारेको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै हत्याको दशी प्रमाण नष्ट गरिएको देखिएको जनाएको छ।

जंगल मासेर राजधानी बनाउन खोजेको भन्दै प्रदर्शन

प्रदेश ७ को राजधानी गोदावरी–४ तेघरीमा बनाउने प्रस्ताव संसद्मा पेस भएपछि जंगल फँडानी गरेर राजधानी बनाउन लागेको भन्दै विरोध भएको छ । प्रदेशसभामा राजधानी र नामकरणका बारेमा छलफल भइरहेका बेला त्यसबाहिर धनगढीवासीले टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेका छन्।

नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरेका छन्।

नाम सुदूरपश्चिम प्रदेश र राजधानी गोदावारी प्रस्ताव

संसद्ले नाम र राजधानीको स्थान तोक्न गठन गरेको विशेष सुझाव समितिले प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी नगरपालिका’ क्षेत्रमा राख्ने प्रतिबेदन संसद्मा पेस गरेको छ।

एसपी बिष्ट मुख्य दोषी : प्रतिवेदन

निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ।

प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्रै संघीयता बलियो हुन्छः उपप्रम यादव

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएमात्रै संघीयता बलियो हुने बताएका छन्। मंगलबार विराटनगरमा संघीय समाजवादी फोरमको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै यादवले संघीयता बलियो बनाउन संविधान संशोधन गरेर भए पनि केन्द्रको अधिकार प्रदेशमा ल्याउनुपर्ने बताए।

बलात्कारमा अनुसन्धान?

बलात्कार अनि हत्या । त्यो पनि किशोरावस्था भर्खर टेकेकीको । कुन मानिसको मन नरोला ! को आक्रोशित नहोला ! को भावुक नहोला ! तर अपराध अनुसन्धान मन रुवाएर, आक्रोशित र भावुक भएर गर्ने विषय होइन ।

प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच सोमबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ।

'पोस्ट सेयर गर्दा जागिर गयाे'

संविधान दिवसका दिन असोज ३ गते मधेशमा मनाइएको कालो दिवससम्बन्धी अर्काले गरेको पोस्ट आफ्नो फेसबुक वालमा सेयर गर्दा धनुषा जिल्ला अदालतका एक कर्मचारीले जागिर गुमाउनुपरेको छ।

दोषी पत्ता लगाउन प्रहरी असफल

काठमाडौंमा एक महिनायता मात्र पूर्वराजदूत केशव झासहित तीन जनाको हत्या भयो । तर, तिनको हत्यारा को हुन्, प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

‘संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक’

पूर्वराष्ट्रपति रामवरण यादवल संविधानसभाबाट जारी भएको नयाँ संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

‘टेस्टी’ अरिंगाल

प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ। प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीहरुले शक्तिवद्र्धक भोजनको रुपमा स्वाद लिने क्रम बढेको छ।

कम्युनिष्टको अधिनायकवाद राेक्न कांग्रेस नयाँ स्वरूपमा : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कम्युनिष्टको एकदलीय अधिनायकवाद बढिरहेको भन्दै त्यसलाईलाई रोक्न पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने बताएका छन्।

मन्त्रालयका काममा प्रधानमन्त्री असन्तुष्ट, निगरानी गर्न टोली खटाइयो

दुई तिहाई बहुमतबाट बनेको शक्तिशाली सरकारमाथि जनताको विश्वास र भरोसा पातलिँदै गएको छ। ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारबाट प्रतिबद्धताअनुसार काम नभएपछि जनतामा आशंका र चिन्ता बढेको हो। स्वयं सत्तारुढ नेकपाका उच्च नेता नै सरकारको कामबाट असन्तुष्ट छन्।

शासकीय सुधार

संविधान जारी भएपछि पहिलोपटक देशमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको अभ्यास भइरहेको छ। यससँगै स्थायी सरकार मानिने कर्मचारीतन्त्रको व्यवस्थापनमा चुनौती पनि देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्