प्रकृति संरक्षणमा नयाँ प्लेबुक
कार्यान्वयनमा रहेका जलवायुसम्बन्धी नियमबाट सिक्न र लाभ लिन सकिन्छ तर यसलाई जथाभावी ‘कपी पेस्ट’ गर्न सकिन्न।

कार्यान्वयनमा रहेका जलवायुसम्बन्धी नियमबाट सिक्न र लाभ लिन सकिन्छ तर यसलाई जथाभावी ‘कपी पेस्ट’ गर्न सकिन्न।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमविपरीत एक उपसचिवलाई काजमा तानेको छ । मन्त्री रघुवीर महासेठ र उनको सचिवालयको स्वार्थमा काम नगरेको भन्दै सडक विभागका कानुन उपसचिव शम्भुराज रेग्मीलाई मन्त्रालय तानिएको हो । मन्त्रालय स्रोतका अनुसार सचिव रेग्मीले मन्त्री तथा उनका सहयोगीले व्यक्तिगत लाभ हुनेगरी दिएको निर्देशन कार्यान्वयन गर्न अस्वीकार गरेका थिए । त्यस्तै, आगामी खरिद कारबाही मूल्यांकन प्रक्रियामा आफूनिकट व्यक्तिलाई बोलपत्र पार्ने योजनामा पनि उनी बाधक बनेका थिए ।
भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन्। बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सुदृढ बनाउन थप कठोर उपाय अवलम्बन गरिने बताएका छन्। पदवहालीको एक वर्ष पुगेको अवसरमा जंगी अड्डामा विशेष सम्बोधन गर्दै थापाले आफ्नो कार्यकालमा सेनालाई आधुनिक बाटोमा हिँडाएरै छाड्ने प्रतिबद्धता जनाए। थापाले आफू हिरो बन्न वा सस्तो लोकप्रियताका लागि सुधारका कार्यक्रम अघि नबढाइएको स्पष्ट पारे।
काठमाडौं उपत्यकामा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुना आउने भएका छन्। पाहुनाहरु बुधबार साँझ तथा बिहीबार विहानसम्म काठमाडौं आइपुग्ने छन्।
तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरे।
नेपाली समाजमा एउटा भनाइ छ, ‘न्याय हराए गोरखा जानु, विद्या हराए काशी जानु ।’ बनारसमा काशी विश्वनाथ मन्दिर र संस्कृत विश्वविद्यालय छ । त्यसैले काशी ज्ञानको भण्डार हो । तिर्थालुहरू धर्म कमाउन र पाप पखाल्न काशी यात्रा गर्छन् ।
भारतकाे सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाललाई अस्थिर बनाउने भारतको कुनै योजना नभएको बताएका छन्। नेपाल–भारत मैत्री समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सहयोग वर्तमान सन्दर्भमा सम्भावना र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा नेता चौथाइवालेले नेपाल सार्वभौम राष्ट्र भएकाले भारतले कदापी हस्तक्षेप नगर्ने बताए।
तमाम चुनौतीका बीच पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेशलाई उनका समकालिन तथा सहयोद्धाहरुले सफल कार्यकालसहित युवा राजनीतिज्ञप्रतिको विश्वास कायम राख्न सुझाव दिएका छन्। उनीहरुले भ्रष्टाचारको दलदलमा फसेको मन्त्रालयलाई माथि उकास्न र रवीन्द्र अधिकारीले सुरु गरेका कामलाई सम्पन्न गर्न पनि शुभकामना दिएका छन्।
पछिल्लो समय संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध भइरहेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय छानविन समितिको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्।
प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले ट्राफिक जाम व्यवस्थापनका लागि व्यवहार परिवर्तन गर्नुपर्ने बताएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको सडक सभ्यता सम्बन्धी तीन महिने कार्यक्रमको समीक्षा समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले जामका लागि समय व्यवस्थापन गर्ने बानी बसाल्न सुझाव दिएका हुन्।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन्। लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन)मा नेपाली पत्रकारहरुको टोलीसँग छलफल गर्दै मुख्यमन्त्री आदित्यनाथले नेपाल हिन्दू राष्ट्रका लागि ढिलोचाडो तयार हुने विश्वास व्यक्त गरे।
नेपाली कांग्रेसका सांसदले सत्ता पक्षका सांसदलाई बढी समय दिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको बैठकको सुरुवातमा गुठी विधेयकविरुद्ध उत्रिएका आन्दोलनकारीमाथि भएको दमनको विरोधमा कांग्रेस सांसद राजन केसीले आफ्नो भनाई राखे।
सम्म पारिएको मैदान, वरिपरि डाँडा र पहाड, पृष्ठभूमिमा देखिने धौलागिरि हिमालको मनोरम दृश्य, गर्मीयाममा पनि चिसो मौसम, मैदानमा केही बालक तथा किशोर क्रिकेट खेलिरहेछन्। यो दृश्य हो लालीगुराँस रंगशालाको। भौगोलिक रूपमा विकट तथा क्रिकेटमा बामे सर्दै गरेको प्युठानमा जिल्लाकै पहिलो रंगशाला हो, निर्मार्णाधीन लालीगुराँस मैदान।
देशको कार्यकारी प्रमुख, प्रमुख दलका शीर्ष नेताले समयलाई ख्याल नगरेर अस्तव्यस्त हुँदा जनताका पक्षका कसरी काम गर्छन भन्ने प्रश्न पनि उठ्छ। निश्चय नै शीर्ष नेताहरु देश र जनताको काममा व्यस्त हुन्छन्। तर, व्यस्त हुने भन्दैमा अस्तव्यस्त हुने, समयको ख्याल नगर्ने भन्ने हुँदैन्। समय व्यवस्थापन उनीहरुको प्राथमिकतामा हुनुपर्छ। यो विषय जवाफदेहिता, उत्तरदायित्वसँग पनि जोडिन्छ।
