coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

नेताज्यू ! समयको महत्व बुझ्ने की?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार चिनियाँ राजदूत होउ यान्छीसँग माफी माग्नु पर्यो। दुईपटक प्रधानमन्त्री भइसकेका दाहालले निर्धारित समयको ख्याल नगर्दा एउटा देशको राजदूतसँग माफी माग्नुपर्ने बाध्यता आइलाग्यो। युवा संघको स्थापना दिवसमा आयोजित समारोहमा भुलिएका दाहालले सम्बोधनका क्रममा सार्वजनिक रुपमै आफूले समयको ख्याल गर्न नसकेको स्वीकार गर्दै माफी मागेको प्रसंग सुनाएका थिए। यतिमात्रै होइन समयमा नचल्दा आफूलाई टेन्सन भएको कुरासमेत उनले निशंकोच सुनाए। 

देशको कार्यकारी प्रमुख, प्रमुख दलका शीर्ष नेताले समयलाई ख्याल नगरेर अस्तव्यस्त हुँदा जनताका पक्षका कसरी काम गर्छन भन्ने प्रश्न पनि उठ्छ। निश्चय नै शीर्ष नेताहरु देश र जनताको काममा व्यस्त हुन्छन्। तर, व्यस्त हुने भन्दैमा अस्तव्यस्त हुने, समयको ख्याल नगर्ने भन्ने हुँदैन्। समय व्यवस्थापन उनीहरुको प्राथमिकतामा हुनुपर्छ। यो विषय जवाफदेहिता, उत्तरदायित्वसँग पनि जोडिन्छ।

दाहालको स्वीकारोक्तिपछि सामाजिक सञ्जालमा आक्रोशयुक्त प्रश्न उठेका छन्। जनताको कार्यक्रममा कहिल्यै माफी माग्नुभएको छ भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ। दाहालमात्रै होइन देशका प्रधानमन्त्री केपी शर्मा ओली पनि अपवादबाहेक कहिल्यै समयलाई ख्याल गर्दैनन्। ओली हरेक कार्यक्रममा कम्तीमा आधा घण्टादेखि २÷३ घण्टासम्म ढिलो पुग्छन्। त्यतिमात्रै होइन ढिलो पुगेर समय धेरै लिन्छन्। यो उनको विशेषता नै हो। ढिलो पुगे पनि माफी भने माग्दैनन्। कुनै कुनै ठाउँमा ‘अलिकति ढिलो भयो’ भने पनि धेरै ठाउँमा उनी आफू ढिलो भएको कुरालाई महत्व दिँदैनन्। प्रधानमन्त्री निवास बालुवाटारमा पनि समय दिएर दुइदेखि ३ घण्टासम्म कुराएका उदाहरण पनि प्रशस्त छन्। 

त्यस्तै, पार्टीभित्र पनि समयलाई ख्याल नगर्ने ओलीको बानीले नेता कार्यकर्ता आजित छन्। एकपटक त ओलीले अत्यधिक कुराउने गरेको भन्दै शीर्ष नेताले बैठक नै बहिष्कार गरेका थिए। तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएका थिए। बैठकमा सचिवालयका सबै सदस्य उपस्थित भइसक्दासमेत ओलीले ढिलाई गरेपछि बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छाडेर हिँडेका थिए। उनीहरुले बैठक घण्टौ कुर्नुपर्ने परम्पराको अन्त्य गर्न माग गरेका थिए।

यता ४ पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता पनि समयको मामिलामा व्यवस्थित छैनन्। 

नेपाली समाजमा ५/१० मिनेटदेखि बढीमा आधा घण्टासम्म ढिलो हुनु सामान्य नै मानिन्छ। तर, देशको कार्यकारी प्रमुख, प्रमुख दलका शीर्ष नेताले समयलाई ख्याल नगरेर अस्तव्यस्त हुँदा जनताका पक्षका कसरी काम गर्छन भन्ने प्रश्न पनि उठ्छ। निश्चय नै शीर्ष नेताहरु देश र जनताको काममा व्यस्त हुन्छन्। तर, व्यस्त हुने भन्दैमा अस्तव्यस्त हुने, समयको ख्याल नगर्ने भन्ने हुँदैन्। समय व्यवस्थापन उनीहरुको प्राथमिकतामा हुनुपर्छ। यो विषय जवाफदेहिता, उत्तरदायित्वसँग पनि जोडिन्छ। 

केही समयअघि जापानमा समयको ख्याल नगर्दा एकजना मन्त्रीले जनतासँग सार्वजनिक रुपमा माफी मागेका थिए। खेलकुद मन्त्री रहेका यसोताका सकुराडा जम्मा ३ मिनेटमात्रै ढिला भएका थिए। पछि उनले पदबाटै राजीनामा समेत दिए। यो हो देश र जनताप्रति जवाफदेहिता र उत्तरदायित्व। त्यसकारण आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्न नेपाली नेता सच्चिनै पर्छ। समयको ख्याल गर्नुपर्छ। 

प्रकाशित: ४ जेष्ठ २०७६ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App