नेकपा माले दाङले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ।
सहमतिअनुसार दाङका तीनवटै निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारहरूलाई मतदान गर्ने र आगामी स्थानीय र प्रदेश निर्वाचनमा पनि माले र एमाले पार्टीबिच सहकार्य गरिने भएको हो।
नेकपा मालेका पोलिटब्युरो सदस्य महेन्द्र शाह, जिल्ला सचिव नेत्र प्रकाश पान्डे तथा नेकपा (एमाले) का लुम्बिनी प्रदेश कमीटिका सदस्य हुकुमबहादुर बस्नेत र एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीबिच आज (मंगलबार) लिखित सहमति भएको हो।
दाङ क्षेत्र नम्बर १ मा नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका सदस्य रेवतिरमण शर्मा, २ मा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र ३ मा पार्टी केन्द्रीय सदस्य घनस्याम पाण्डे छन्।
प्रकाशित: १२ फाल्गुन २०८२ १४:५० मंगलबार





