नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति स्वयं समस्या नभई राजनीति गर्ने व्यक्तिको नियत, क्षमता र चरित्र मुख्य विषय हुने बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै राजनीति नीति निर्माणको नीति–शास्त्र भएको उल्लेख गरेका छन्। उनले योग्य, इमानदार र दूरदर्शी व्यक्तिको हातमा राजनीति पुगे स्थिरता, विकास, शान्ति, पारदर्शिता र सुशासन जन्मिने बताए।
तर अयोग्य, स्वार्थी र उत्तरदायित्वविहीन व्यक्तिको हातमा परे व्यथिति, अराजकता र अविश्वास फैलिने उनको भनाइ छ।
'राजनीति नीति निर्माणको नीति शास्त्र हो। योग्य, इमानदार र दूरदर्शी व्यक्तिको हातमा परे- स्थिरता, विकास, शान्ती, पारदर्शिता र सुशासन जन्मिन्छ। तर अयोग्य, स्वार्थी र उत्तरदायित्वविहीन व्यक्तिको हातमा परे- व्यथिति, अराजकता र अविश्वास फैलिन्छ,' उनले लेखेका छन्।
अन्ततः समस्या राजनीति नभई राजनीति गर्ने पात्रको नियत, क्षमता र चरित्र रहेको उल्लेख गर्दै उनले अहिले देशले त्यही अवस्था भोगिरहेको टिप्पणी गरेका छन्। उनी भन्छन्, 'अन्ततः समस्या राजनीति होइन, राजनीति गर्ने पात्रको नियत, क्षमता र चरित्र हो। जुन हामीले भोगी रहेका छौँ।'
प्रकाशित: १३ फाल्गुन २०८२ ०९:४२ बुधबार





