२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ७ नाम र राजधानी विवाद : कांग्रेस र राजपाद्वारा सदन बहिष्कार, बैठक जारी

फाइल तस्बिर

धनगढी– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले प्रदेश ७ को प्रदेशसभा बैठक बहिष्कार गरेको छ। प्रदेशको प्रस्तावित नाम र राजधानीमा असन्तुष्टि जनाउँदै कांग्रेसका १२ र राजपाका २ सांसदले बैठक बहिष्कार गरेका छन्। 

बैठक सुरु हुने वितिकै कांग्रेस र राजपाका सांसद नाराबाजी गर्दै बाहिरिएका थिए। यद्यपी बैठक बसिरहेको छ। 
प्रदेशसभा बाहिर पनि नाराबाजीसहित प्रदर्शन भइरहेको छ। 

तारालामा तामाङ्ग नेतृत्वको सुझाव समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीलाई बनाउन प्रदेश सभालाई सुझाव दिएको छ। सोही सुझावअनुसार प्रदेश सरकारले राजधानी र नाम तोक्ने तयारी गरेपछि चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित: १२ आश्विन २०७५ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App