२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

परशुरामधाममा माघे संक्रान्तिको उल्लास

तस्बिर: रमेश अबस्थी।

डडेल्धुराको महाकाली नदी किनारमा अवस्थित पवित्र परशुरामधाम माघे सङ्क्रान्तिको अवसरमा हजारौं भक्तजनको उपस्थितिले झकिझकाउ बन्यो।

डडेल्धुरा र छिमेकी जिल्लाबाट आएका भक्तजनले धार्मिक आस्था र सांस्कृतिक विविधताले भरिपूर्ण यस मेलालाई विशेष बनाएका थिए।

सूर्य मकर राशिमा प्रवेश गर्ने यस पर्वलाई नेपाली समाजमा चिसोको अन्त्य र न्यानो मौसमको सुरुवातको प्रतीकका रूपमा मनाइन्छ।

यस वर्षको मेला विशेषतः पर्शुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्वमा आयोजना गरिएको थियो। उनी नेपालकै कान्छा समेत हुन्।

मेलामा परम्परागत धार्मिक अनुष्ठानहरू, सांस्कृतिक नृत्य प्रस्तुति, स्थानीय परिकारहरूको स्टल, र रमाइला खेलहरूले विशेष आकर्षण थपेका थिए। मेलामा सहभागी भक्तजन र आगन्तुकहरूले मेलाको व्यवस्थापन र यसको सांस्कृतिक योगदानको खुलेर प्रशंसा गरे।

माघे सङ्क्रान्ति नेपालभर हर्षोल्लासका साथ मनाइने महत्त्वपूर्ण पर्व हो। यो पर्वले न्यानो मौसमको सुरुवातसँगै प्रशस्त बालीप्रति आभार प्रकट गर्ने, आत्मशुद्धि गर्ने, र सामुदायिक एकताको भावना बलियो बनाउने अवसर दिन्छ।

यस पर्वका परम्परागत क्रियाकलापहरूमा पवित्र नदीमा स्नान, सूर्य देवतालाई अर्पण, तिलजन्य परिकारहरूको सेवन, र मेलाको आनन्द उठाउनु प्रमुख मानिन्छ।

प्रकाशित: २ माघ २०८१ २०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App