१२ मंसिर २०८१ बुधबार
image/svg+xml

फागुन पहिलो साता पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव

पोखरालाई फागुन पहिलो साता पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिले सुझाएको छ। पोखरालाई पर्यटकीय राजधानी बनाउनेबारे अध्ययन गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको थियो । त्यही समितिले प्रतिवेदन बुझाउँदै फागुन पहिलो साताको समय दिएको हो।

पालो चलचित्र पर्यटनको

फिल्म पर्यटनमा नेपालले एउटा विशिष्ट पहिचान बनाइसकेको छ। चलचित्रमार्फत नेपालको बजारीकरण गरिँदा पर्यटनको गुदी मानिने कथावाचनलाई समेत हामी विश्वसामु प्रचार गरिरहेका हुन्छौँ।

स्थापनाको एक दशक पछि पर्यटकका लागि खुल्यो बाँके निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले पर्यटकका लागि निकुञ्ज प्रवेश खुला गरिएको जानकारी दिए।

राजापुर बर्दिया: साेनाहा र थारूका होमस्टे फर्किदै छन् लयमा

राजापुर नगरपालिका– १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।

तिलौराकोटमा ४३ बढी देशका पर्यटक

विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्।

नेपाल आउने पर्यटक लक्ष्यभन्दा बढी, सबैभन्दा धेरै भारतबाट

सन् २०२३ मा नेपाल भ्रमणका लागि आउने विदेशीहरू सरकारी लक्ष्य भन्दा झन्डै १५ हजार बढी आएका छन्।

सौराहामा बढे चिनियाँ र भारतीय पर्यटक

प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन्।सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताए।

एक्लै पदयात्रा जाँदा जोखिम, अझै भेटिएनन् स्वीडेनका पर्यटक

मर्दी हिमाल क्षेत्रको पदयात्रामा निस्केका स्वीडेनका एकजना नागरिक पाँचदिनदेखि सम्पर्कविहीन छन्। मर्दी हिमाल आधारशिविर उक्लने गरि एकाबिहानै होटलबाट निस्केका स्वीडेनका २० वर्षिय माइकेल लीउ ब्लमबर्ग त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन्।

ठन्डीले छेकेन ‘रारा’ पुग्न, बढ्दै छन् पर्यटक

कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनामा ६ हजार दुई सय पर्यटक पुगेका छन्।

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए।

पर्यटकले खचाखच घलेगाउँका 'घरबास'

उनले भने, 'विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्। अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन्।'

विदेशी पर्यटकको पहिलो रोजाइ बन्दै ‘मुस्ताङ’

सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक फुङ्लिङ

कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्