७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लुम्बिनीमा १० लाख पर्यटक

कोभिड महामारीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्र बिस्तारै बौरिँदै छ। सन् २०२३ मा आन्तरिक र बाह्य गरी नौ लाख ९८ हजार पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। त्यसमा ६ लाख ५६ हजार आन्तरिक पर्यटक छन्।

एक वर्षमा दुई लाख ६६ हजार भारतीय लुम्बिनी घुम्न आएका छन्। तेश्रो मुलुकबाट आउने पर्यटकको संख्या ७६ हजार छ। एक वर्षमा विभिन्न ८५ देशका पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। विगतमा श्रीलंका, म्यानमार, भियतनाम, थाइल्यान्ड जस्ता मुलुकबाट धेरै पर्यटक आउँथे। अर्थात् बौद्ध धर्मावलम्बीहरूको आगमन धेरै थियो। कोभिडपछिका वर्षमा ती देशका पर्यटकको संख्या खासै बढेको छैन। पछिल्ला वर्षहरूमा युरोपियन, अफ्रिकन राष्ट्रहरूबाट समेत पर्यटक लुम्बिनी घुम्न आउने क्रम केही बढेको देखिन्छ।

कोभिड महामारीले शून्यमा झरेको लुम्बिनीको पर्यटक आगमन बिस्तारै बढ्ने संकेत देखिए पनि तेश्रो मुलुकका पर्यटक आगमनको अवस्था अझै उत्साहजनक हुन सकेको छैन। आएका पर्यटकहरू पनि लुम्बिनीमा धेरै समय अडिदैनन्। तिलौराकोट, रामग्राम जस्ता बुद्धस्थलसम्म पुग्नेको संख्या त निकै कम छ। पर्यटकको बसाइ छोटो हुँदा पर्यटन क्षेत्र उत्साही हुन सकेको छैन।

सन २०२३ मा ८५ वटा देशका पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। त्यसमा पनि श्रीलंका, म्यानमार, थाइल्यान्ड, जर्मनी, भियतनाम जस्ता मुलुकका नागरिकको आगमन दर बढी छ। बाह्य मुलुकबाट आएका पर्यटकमा सबैभन्दा धेरै श्रीलंकाबाट १६ हजार १७२, थाइल्यान्डबाट १५ हजार ७२१, भियतनामबाट १० हजार ४१४, म्यानमारबाट १० हजार ३७०, चीनबाट ६ हजार ११३, दक्षिण कोरियाबाट पाँच हजार ३०२ जर्मनीबाट दुई हजार २२० जना पर्यटक लुम्बिनी आएका छन्। 

त्यस्तै इन्डोनेसियाबाट एक हजार १३४, फ्रान्सबाट एक हजार २२०, नेदरल्यान्ड्सबाट नौ सय ४२, इटालीबाट आठ सय २६, अष्ट्रेलियाबाट ८६५, जपानबाट ५६५, क्यानडाबाट ३०६ पर्यटक लुम्बिनी आएका छन्। कोस्टारिका, साइप्रस, इजिप्ट, घाना, केन्या र लिबियाबाट १÷१ जना पर्यटक लुम्बिनी आएका छन्।

प्रकाशित: २५ पुस २०८० ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App