१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपनिर्वाचन आचारसंहिता आजबाट लागू

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) मा निर्वाचन आचारसंहिता लागू गरेको छ।

संसद बैठक ११ बजे बस्दै, चल्ने सम्भावना न्यून

संसद सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रश्नहरूको जवाफ दिनेछन्।

आजदेखि ह्विलचेयर बास्केटबल सुरु, १३ टोलीले प्रतिस्पर्धा गर्ने

नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आज र भोलि दुई दिन हुने प्रतियोगितामा १३ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

निलम्बनमा २०१ कर्मचारी

राष्ट्रिय किताबखानाका प्रवक्ता तथा निर्देशक सुदन श्रेष्ठका अनुसार पछिल्लो पाँच वर्षयता देशभरि दुई सयको हाराहारीमा कर्मचारीहरू निलम्बननमा परेको विवरण किताबखानामा रहेको बताए।

म्याद गुज्रेका सामान बेच्ने व्यापारीमाथि कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सदरमुकाम खलंगाका उद्योग तथा किराना पसलहरूको अनुगमन गरेको छ।

उपनिर्वाचन: उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिँदै

निर्वाचन आयोगले वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको नामावली आज प्रकाशन गर्दैछ।

छोराका कारण आमाविरुद्ध पनि भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले घुस लिएर उनकी आमाका नाममा जग्गा किनेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

बल्ल तानिए विशाल पण्डित

लामो समयदेखि विभिन्न सरकारी निकाय चिकित्सा (मेडिकल) उपकरण आपूर्ति गर्दै आएका विशाल पण्डितको एकाधिकार (सिन्डिकेट) तोडिने अवस्थामा पुगेको छ।

सकियाे राष्ट्रिय एकायन कराते

नेपाल एकायन कराते संघको आयोजनामा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौरमा सञ्चालित चौथो राष्ट्रिय एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ।

नीलकण्ठ नारायण मानन्धर स्मृति: जुनिता र सरोज पहिलो

जुनिता श्रेष्ठ र सरोज मानन्धर सातौं नीलकण्ठनारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा पहिलो भएका छन्।

एकैपटक पाँच वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ।

भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव

आगामी बिहीबारदेखि आठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुँदै छ।

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

काठमाडौंको मच्छिन्द्र फुटबल क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधि जितेको छ।

अधिकृत वारेसनामामा मनपरी शुल्क नलिन आदेश

विदेशमा रहेका नागरिकलाई सेवा दिन अधिकृत वारेसनामा पारित गर्दा कानुनविपरीत मनपरी ढंगले शुल्क लिन नपाइने भन्दै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्