२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मटिहानीमा आगलागी, ३५ लाखभन्दा बढीको क्षति

जिल्लाको मटिहानी–८ स्थित एक उद्योगमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ। मटिहानी बजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाखभन्दा बढीको धनमाल नष्ट भएको हो।

सोमबार राति करिब १० बजेसतर आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थ क्षति भएको छ। आगो मटिहानी नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा निभाइएको थियो। 

प्रकाशित: २७ चैत्र २०८० ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App