१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव

आगामी बिहीबारदेखि आठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुँदै छ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर बोइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।  

नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन्।

वैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने महतले बताए।

मेलामा कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामग्रीलगायतको करिब दुई सय स्टल रहने मेला आयोजक समितिका संयोजक दीपक थापाले बताए।

ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रूपैयाँ र सर्वसाधरणलाई ७० रूपैयाँ टिकट लाग्ने संयोजक थापाले बताए। करिब पाँच लाखले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ।

प्रकाशित: २५ चैत्र २०८० ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App