२० आश्विन २०८१ आइतबार
image/svg+xml

सडक विभागको हेलचेक्य्राइँः मोटर गुड्ने पुल बनाउन दुई लाख

सडक विभागले चालु आर्थिक वर्षको बजेट निर्माणमा खेलाँची गरेको छ। मोटर गुड्ने पुलका लागि पनि दुई लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

ड्युटीमा खटिएका प्रहरीसहित तिन जना मृत फेला

शनिवार ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्। दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो।

सुर्खेतको चौखेढुगां खोला पुलमा पुरुषको शव फेला

सुर्खेतको वीरेन्द्रनगर- १० चौखेढुगां खोला पुल नजिकै बेवारीसे अवस्थामा शव फेला परेको छ।

जल पीडामा सुदूर: भासियो गाउँ, चिराचिरा भयो सडक

धनगढीको जिरो प्वाइन्ट मोहना पुलदेखि ३८ किलोमिटर उत्तरमा रहेको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढितोलाको भावर टोल माथिबाट चर्किएर जमिन भासिँदा बस्ती विस्थापित बनेको छ भने बस्ती तल रहेको भीमदत्त राजमाग चिराचिरा पर्दा आवागमन ठप्प बनेको छ।

निर्माण सकिन नपाउँदै भत्कियो पोखराको महेन्द्रपुलस्थित साँघुमुख पार्कको पर्खाल

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित निर्माणाधीन साँघुमुख पार्क संरक्षणका लागि रड र सिमेन्ट प्रयोग गरेर बनाइएको कंक्रिट पर्खाल भत्किएको छ।

पुलमा अल्झेको हुलाकी राजमार्ग

सिरहाका ८८ वर्षीय रासलाल यादवले हुलाकी सडकलाई राजमार्गको स्वरूपमा हेर्ने सपना देख्न थालेको सात दशक भइसकेको छ। हुलाकी सडकमा हिँडेका उनको हुलाकी राजमार्गमा सरर आवागमन गर्ने सात दशकदेखिको सपना भने पुलमै अल्झेको छ।

त्रियुगाको शिवाई पुल दुई वर्षदेखि अलपत्र

निर्माण सम्पन्न हुनै लाग्दा बाढीले भत्काएको दुई वर्षसम्म मर्मत नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई सुन्दरपुरस्थित त्रियुगा नदीको पुल अलपत्र परेको छ।

यु–१६ यूथ फुटबल लिग : त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित

नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ यूथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को रबाफिलो जित निकालेको छ।

अलपत्र त्रियुगा पुल निर्माण गर्न मन्त्रीको ध्यानाकर्षण

अलपत्र अवस्थामा रहेको त्रियुगा पुल निर्माण सम्पन्न गर्न उदयपुरका जनप्रतिनिधिले माग गरेका छन्।

आकाशे पुल बनाउने योजना अलपत्र

२०७९ भदौ ४ गते नेपालगन्जस्थित राँझामा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले आकाशे पुलको शिलान्यास गरे। त्यतिबेला नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोकसँगै कारकाँदो चोक र कोहलपुरमा न्युरोड चोक र त्रिभुवन नमुना उमाविको अगाडि आकाशे पुल निर्माण गरिने भनिएको थियो।

पुलिसले दुई उपाधिको अवसर गुमायो

नेपाल पुलिस क्लबले शनिबार सम्पन्न सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब भलिबल लिगमा दुई उपाधि उचाल्ने अवसर गुमाएको छ।

प्रधानमन्त्री कप एनभिए राष्ट्रिय क्लब लिग :नेपाल पुलिसका दुवै टोली फाईनलमा

नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको फाईनल प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्