१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ड्युटीमा खटिएका प्रहरीसहित तिन जना मृत फेला

शनिवार ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्। दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि  प्रहरीले अनुसन्धान थालेको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका  –१० चौखेढुगां खोला पुलको आडैमा मृत फेला परेका सशस्त्र प्रहरी बल रक्तकाली गणमा कार्यरत ४५ वर्षीय वरिष्ठ हवल्दार रामबहादुर थापा रहेका छन्। वीरेन्द्रनगर नगर पालिका – १२ विरुवाबारी भन्ने स्थानमा घर भएका प्रहरी हवल्दार थापा शुक्रवार राती साढे १० बजे ड्युटीमा खटिएका थिए। उनी सहित ७ जना प्रहरी ड्युटीमा रहेका थिए। ठुलो वर्षा आएको र फर्कने बेला माथिल्लो बाटो भएर खोला तर्न लाग्दा उनी बगेर मृत्यु भएको सुर्खेत प्रहरी प्रवक्ता लक्ष्मण शाहीले बताए। घर नजिकै भएकाले घरतिर गएको होला भनेर अरु ६ जना प्रहरीहरू गणमा राती पुगेका थिए। फोन समर्पक गर्दा मृतकको फोन अफ भएको थियो। सँगै भएको सहकर्मी छुटिँदासमेत थाहा नपाउने वा चासो नदिने अन्य प्रहरीहरूको संवेदनशीलता माथि प्रश्न उठेको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुलमुनि मृत भेटिएका दैलेखको दुल्लु नगरपालिका–१० छुवालाका करिब ४० वर्षीय लालबहादुर भण्डारी रहेको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। भण्डारी वीरेन्द्रनगर नगरपालिका –१ मा बस्दै आएका थिए।  

त्यस्तै दैलेखका गाउँ गाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँच दिनमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा मृत फेला परेका छन्। स्थानीयले पनि कतै नदेखेको र मोबाइलमा समेत सम्पर्क विच्छेद भएपछि परिवारजनले खोजी कार्य गरिरहेका छन्। मृतक बाजुराको कात्तिकेपानीबाट कैलालीको बडीबर्दगोरिया गाउँपालिका–४ छतिवनमा बस्ने ३१ वर्षीय वीरबहादुर कामी मृत फेला फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले बताए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र अनुसन्धानपछि मृत्यु शङ्कास्पद हो वा होइन खुल्ने कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) गोपाल चन्द्र भट्टराईले बताए।  

प्रकाशित: २ भाद्र २०८० १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App