४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप एनभिए राष्ट्रिय क्लब लिग :नेपाल पुलिसका दुवै टोली फाईनलमा

नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको फाईनल प्रवेश गरेका छन्।

नेपाल भलिबल संघको आयोजनामा भएको लिगको महिला तर्फको आजको अन्तिम खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाईनलको अविजित यात्रा तय गरेको हो । पुलिसले डायमन्डलाई २५–२०, २५–१४, २५–१७ ले पराजित गरेको हो।यस जितका साथ पुलिसले आफ्ना पाँचै खेल जित्दै १५ अंकका साथ पहिलो स्थान प्राप्त ग¥यो । पुलिसले उपाधीका लागि एपिएफको सामना गर्नेछ । एपिएफ ११ अंकका साथ दोश्रो स्थानमा छ।

आजै सम्पन्न महिलाको दोश्रो खेलमा आर्मीले गण्डकी प्रदेश माथी २५–१८, २५–१२, २५–१५ को जित हात पार्‍यो । आर्मीको ८ अंक भएको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिग प्रतियोगिताको पुरुष तर्फको खेलमा जित्नै पर्ने दवावका साथ कोर्टमा उत्रेको पुलिसले एपिएफ माथी ३–० को सोझो सेटमा बिजय पायो । पुलिसले २५–२२, २५–१३, २५–१५ ले एपिएफलाई हराएको हो । यसका साथ एक खेल हारेको पुलिसको १५ अंक भएको छ।पुलिसले फाईनलमा टिपटप हेल्प नेपाल र आर्मी मध्ये एक संग उपाधीको लागि प्रतिस्पर्धा गर्नेछ।

पुरुष तर्फकै गण्डकी प्रदेश भलिबल क्लब र दावाँली मिलन क्लबविच भएको खेलमा गण्डकीले जित हात पार्‍यो।गण्डकीले दावाँलीलाई २५–२१, २५–१५, २५–१६ ले जित हात पार्दै ३ अंक बटुल्यो । यस जितका साथ गण्डकीको ६ अंक भएको छ।

प्रकाशित: २९ असार २०८० १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App