२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

पुलिसले दुई उपाधिको अवसर गुमायो

नेपाल पुलिस क्लबले शनिबार सम्पन्न सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब भलिबल लिगमा दुई उपाधि उचाल्ने अवसर गुमाएको छ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिगमा पुलिसको महिला र पुरुष दुवै टोली फाइनलमा पुगेको थियो। यद्यपि, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा शनिबार पुरुषतर्पmको फाइनलमा भने पुलिस हेल्प नेपाल क्लबसँग ३–१ ले पराजित हुन पुग्यो। त्यससँगै पुलिसले क्लब भलिबल लिगमा दुई उपाधि जित्ने अवसर गुमायो। पुलिसको महिला टोलीले भने विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ को सेटमा हराउँदै लगातार दुई उपाधि जित्यो।

यसै महिनाको सुरुआतमा इटहरीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पनि पुलिसले एपिएफलाई हराउँदै उपाधि जितेको थियो। क्लब भलिबल लिगको फाइनलमा पनि पुलिसले एपिएफलाई निराश बन्न बाध्य बनायो। लिगमा पाँचै खेल जित्दै पुलिस फाइनलमा पुगेको थियो, जुन अपराजित यात्रा पुलिसले फाइनलमा कायम राख्यो। पहिलो सेट २५–१२ ले सहजै आफ्नो बनाउँदै पुलिसले उच्च आत्मबल बटुल्यो। यद्यपि, एपिएफले दोस्रो सेट आफ्नो पक्षमा पार्दै पुनरागमनको संकेत गर्‍यो।

उक्त सेट एपिएफले २५–२१ ले जित्यो। तेस्रो सेटको खेल निकै रोमाञ्चक बन्यो। उक्त सेटमा एपिएफले २१–१८ को अग्रता जोगाउन सकेन। अन्तिम समयमा एपिएफले लय गुमाउँदा पुलिसले तेस्रो सेट २५–२३ ले जित्यो। चौथो सेट पनि पुलिसले २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै एकै महिना दुई उपाधि जित्यो। उपाधिसँगै पुलिसले ६ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्दा एपिएफले तीन लाख रूपैयाँमा चित्त बुझायो। लिगमा तेस्रो स्थानमा रहेको होङवान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नगद एक लाख ५० हजार रूपैयाँ पायो।

त्रिभुवन आर्मी क्लब चौथो हुँदै नगद ७५ हजार रूपैयाँ प्राप्त गर्न सफल भयो। पुरुषतर्पm पनि हेल्प नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै उपाधि उचाल्यो। हेल्प नेपालले पहिलो सेट २५–१९ ले आनो पक्षमा पा¥यो। दोस्रो सेट भने पुलिसले २५–११ ले जित्दै खेलमा फर्कने प्रयास ग¥यो। यद्यपि, हेल्प नेपालले तेस्रो र चौथो सेट २५–१८ र २५–१८ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्दै ६ लाख रूपैयाँ प्राप्त ग¥यो। उपविजेता पुलिसले नगद तीन लाख र ट्रफी प्राप्त गर्‍यो। तेस्रो स्थानको आर्मीले नगद एक लाख ५० हजार प्राप्त गर्‍यो। चौथो भएको एपिएफले नगद ७५ हजार प्राप्त गर्‍यो।

शनिबार पुरुषतर्फको फाइनलमा नेपाल पुलिस क्लबले हेल्प नेपाल क्लबसँग ३–१ को हार बेहोरेपछि क्लब भलिबल लिगमा पुलिसले दुई उपाधि जित्ने अवसर गुमायो। पुलिसको महिला टोलीले भने विभागीय प्रतिद्वन्द्वी एपिएफलाई ३–१ को सेटमा हराउँदै एकै महिना दुई उपाधि जित्यो।

लिगमा महिलातर्फ पुलिसकी पुनम चन्द र पुरुषमा हेल्प नेपालका अइमल खान सर्वोत्कृष्ट खेलाडी घोषित भए। सर्वोत्कृष्ट दुवैले जनही ३५ हजार रूपैयाँ पाए। विधागत उत्कृष्टतर्फमा पुलिसकै बर्चस्व रह्यो। लिबेरोमा शान्तिकला तामाङ, सेटरमा कमला पुन, स्पाइकरमा उषा भण्डारी र प्रशिक्षकमा रूपेश बिष्ट उत्कृष्ट भए। यी चारै जना पुलिसका हुन्। न्यु डायमन्डकी सुमित्रा रेग्मी उदीयमान खेलाडी घोषित भइन्। एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर चयन भए।

पुरुषमा टोपबहादुर थापा उत्कृष्ट लिबेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए। यी चारै जना हेल्प नेपालका हुन्। उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदीयमान खेलाडीमा पुलिसका रविन चन्द घोषित भए। विधागत उत्कृष्टले जनही १५ हजार र उदीयमान खेलाडीले १० हजार रूपैयाँ पाए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: ३१ असार २०८० ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App