११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पुनर्कर्जालाई ५८ अर्ब स्वीकृत

कोरोना महामारीका कारण समस्यामा परेका उद्योग, प्रतिष्ठानका लागि पुनर्कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले ५८ अर्ब रूपैयाँ स्वीकृत गरेको छ ।

अक्सफोर्ड खोप ७० प्रतिशत सफल

बेलायतको अक्सफोर्ड विश्व विद्यालय र औषधी निर्माता कम्पनी अष्ट्राजेनेकाद्वारा निर्माण भैरहेको कोरोना भाइरसविरुद्धको खोप ७० प्रतिशत सफल देखिएको छ।

१४ दिन आईसोलेसनमा बस्दा लक्षण नदेखिएमा निको भएकोमा गणना गर्ने प्रदेश सरकारको निर्णय

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमण भई १४ दिन आईसोलेसनमा बसेकाहरुलाई निको भएको संख्यामा गणना गर्ने भएको छ।

कोरोनाका बिरामीलाई किन लाभदायी भएन भेन्टिलेटर

भेन्टिलेटरसम्म पुग्ने कोरोना संक्रमितको भाइरसले तीव्र रुपमा फोक्सो नष्ट गरिसकेको हुने कारण उनीहरुलाई भेन्टिलेटरको सहयोगले लाभ मिल्दैन।

कोरोनाको कहरबीच आस्थाको अर्घ्य

यस वर्ष कोरोनाका कारण तराई मधेशको मुख्य पर्व छठ फरक ढंगले मनाइएको छ। स्थानीय प्रशासनको तर्फबाट भिडभाड हुन नदिन यहाँका बिभिन्न छठ पूजा ब्यवस्थापन समितिलाई निर्देशन भएपछि उनीहरुले छठका लागि गर्ने पूर्व तयारीहरु साबिक किसिमले गरेका थिएनन्।

नेतृत्व, नैतिकता, लोकतन्त्र र समानताको चौतर्फी महामारी

कोरोना कहरले दुनियाँको अर्थतन्त्र, समाज र धेरै रितिथितिमा नै उथलपुथल र आमूल परिवर्तन ल्याउने अवस्था रहेको छ। यसरी अकस्मात संक्रमणबाट ज्यान गुमाउनेहरुले लोभ, मोह, कामलाई नै त्यागेर जानु परेको अवस्था छ भने प्रियजन गुमाउनेहरुका लागि यो समय कस्टप्रद छ। कोहि भेन्टिलेटरमा जीवन र मृत्युसँग लडिरहेका छन्। कोहि आइसोलेसनमा छन्, अनि कैयौं जागिर, रोजगार गुमाएर हतास मानसिकतामा छन्।

पुणेमा कोरोनाविरुद्ध हर्ड इम्युनिटीको संकेत

भारतको पुणेका केहि मानिसहरुमा हर्ड इम्यूनिटी अर्थात भाइरसविरुद्ध लड्ने प्रतिरोध क्षमता विकास भएको संकेत पाइएको छ।

कोरोना संक्रमित एकको मृत्यु

उपचारका क्रममा एक कोरोना संक्रमित वृद्ध पुरुषको मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको छ।

दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना

दिल्लीमा कोरोना संक्रमितको संख्या तीब्र वृद्धि भएसँगै केहि कडा नियम लागु गरिएको छ। बिवाह समारोहका लागि दिइएको छुट अब कायम रहने छैन। मास्क नलगाउनेले २ हजार जरिवाना तिर्नु पर्ने छ। यस अघि मास्क नलगाएको खण्डमा ५ सय जरिवाना तिर्नु पर्थ्यो।

यस्ता चिज हालेर बनाइन्छ कोरोना खोप

चिकित्सा विज्ञले खोप निर्माणका लागि सार्क माछाको कलेजोको तेल, विशेष रूखको बोक्रा र बालुवाजस्ता ५ सय चिज व्यवस्था गर्नुपर्ने हुन्छ, तर तिनकाे संकट देखिएकाे बताएका छन्।

थपिए २१ सय ३ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २१ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ सय ५८ जना कोरोना मुक्त भएका छन् भने १७ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्