२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना

दिल्लीमा कोरोना संक्रमितको संख्या तीब्र वृद्धि भएसँगै केहि कडा नियम लागु गरिएको छ। बिवाह समारोहका लागि दिइएको छुट अब कायम रहने छैन। मास्क नलगाउनेले २ हजार जरिवाना तिर्नु पर्ने छ। यस अघि मास्क नलगाएको खण्डमा ५ सय जरिवाना तिर्नु पर्थ्यो।  

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले एक सर्वदलीय बैठक बोलाएर संकटको समयमा राजनीति भन्दा सेवा गरेर सहयोग गर्न आग्रह गरेका छन्। बैठकमा विपक्षी पार्टीका नेताहरुले सबै मिलेर कोरोनाविरुद्ध लड्ने प्रतिवद्धता जनाएका छन्। उनले दिल्लीवासीलाई घर घरमा छठ मनाउन पनि आग्रह गरेका छन्।

 

 

 

प्रकाशित: ४ मंसिर २०७७ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App