१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

यस्ता चिज हालेर बनाइन्छ कोरोना खोप

यतिबेला विश्वका विभिन्न औषधि कम्पनी कोरोना भाइरविरुद्ध खोप निर्माणमा जुटिरहेका छन्।  

हालै अमेरिकाको मोडर्ना कम्पनीले आफूले विकास गरेको खोपले झन्डै ९५ प्रतिशत (९४.५) प्रतिशत प्रभावकारी अर्थात् कोरोना नष्ट गर्ने देखिएको दाबी सार्वजनिक गरेको छ। यस्तै गत हप्ता मात्र अमेरिकाकै फाइजर कम्पनीले पनि कोरोनाविरुद्ध खोप तयार भइसकेको जानकारी दिएको छ।

तर यी दाबीबीच चिकित्सा विज्ञले खोप निर्माणका लागि सार्क माछाको कलेजोको तेल, विशेष रूखको बोक्रा र बालुवाजस्ता ५ सय चिज व्यवस्था गर्नुपर्ने हुन्छ, तर तिनकाे संकट देखिएकाे बताएका छन्।  

खोप निर्माणका लागि अति आवश्यक वस्तुमध्ये एक हो– सार्क माछाको कलेजोको तेल, जुन फ्लुविरुद्ध बनाइने खोपमा प्रयोग गरिन्छ। संरक्षण समूहले सार्कको माग बढ्ने र यो धेरै संख्या मारिने अनुमान गरेको छ। 

यस्तै खोप निर्माणका लागि आवश्यक पर्ने अर्काे चिज हो– क्विलाज जातका रूखको बोक्रा। यसमा मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउने गुण हुन्छ। तर यो रूख पनि यतिबेला खडेरीको चपेटामा परेको र यसको बोक्रा पनि विशेष महिनामा मात्र निकाल्न मिल्ने विज्ञले बताएका छन्।   

यस्तै खोपका लागि फायरफक्स शिशी बोरोसिलिकेट ग्लासबाट बनेका हुन्छन्, त्यो पनि पर्याप्त छैनन्। साइन्टिफिक एडभाइजरी ग्रुप अफ इमरजेन्सीका सदस्य सर जन बेल भन्छन्, ‘केवल २० करोड शिशी छन्, जुन प्रयोगमा छन्। दैनिक भास्करबाट

प्रकाशित: ४ मंसिर २०७७ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App