११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पुणेमा कोरोनाविरुद्ध हर्ड इम्युनिटीको संकेत

भारतको पुणेका केहि मानिसहरुमा हर्ड इम्यूनिटी अर्थात भाइरसविरुद्ध लड्ने प्रतिरोध क्षमता विकास भएको संकेत पाइएको छ।

द इन्डियन एक्सप्रेसको एक रिपोर्ट अनुसार पुणेको जनसंख्याएको एउटा सानो समूहमा हर्ड इम्यूनिटीको संकेत देखिएको जनाइएको छ।

भारतमा पहिलो पटक भएको यो अध्ययनमा कोरोना भाइरस संक्रमित भएका ८५ प्रतिशत मानिसमा एन्टिबडी देखिएको छ। यसको अर्थ उनीहरुको शरिरमा भाइरसविरुद्ध लड्ने क्षमता विकास भएको भन्ने हो।  

यो अनुसन्धान पुणेका चार प्रभाव (नगर र तीनदेखि चार वडा) मा गरिएको थियो। जुलाई र अगस्टमा भएको सर्वेमा ५१ प्रतिशतमा संक्रमण भएको पुष्टि भएको थियो।

यो भारतमा भएको पहिलो सर्वे हो जसमा मानिसमा भाइरसविरुद्ध लड्ने एन्डिबडी देखिएको छ। तर अनुसन्धानकर्ताले शहर हर्ड इम्युनिटीतर्फ गएको भने भनेका छैनन्।

 

 

प्रकाशित: ५ मंसिर २०७७ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App