१० मंसिर २०८१ सोमबार
image/svg+xml

राहतस्वरुप १०० बोरा चामल

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा राहतस्वरुप १०० बोरा चामल वितरण गरिएको छ। कोरोनाको महामारीसँगै दैनिकी सञ्चालनमा समस्या परेका सर्वसाधारणलाई लक्षित गरी प्रतिपरिवार २५ किलोग्रामका एक/एक बोरा चामल राहतस्वरुप प्रदान गरिएको राहत संयोजक टेकबहादुर गुरुङले जानकारी दिए।

११ महिनामा ३१ अर्बको चामल आयात

सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा यो वर्ष ११ महिनामा करिब ३१ अर्ब रुपैयाँको चामल आयात भएको छ। कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ।

चामल खरिद हुन नसक्दा खाद्य सुरक्षा भण्डार आधा रित्तो

खाद्यान्न बिक्रीमा १० प्रतिशत छुट दिँदै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लकडाउन नसकिँदै उक्त छुट बन्द गरेको छ। मन्त्रिपरिषद्ले खाद्यान्नमा लकडाउन अवधिको लागि भन्दै छुट दिए पनि लकडाउन अगावै हटाएको हो।

एक लाख ३८ हजार मेट्रिक टन चामल मौज्दात

सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

गाउँपालिकाको गोदामको चामल व्यापारीलाई बेच्न लागेको भन्दै विरोध

जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाले लकडाउनको मारमा परेकाहरुलाई वितरण गर्न ल्याइएको चामल व्यापारीलाई बेच्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

राहतका लागि वितरण गरिएको चामल फिर्ता

राहतमा कमसल चामल दिएको भन्दै सुनसरी हरिनगर वडा नं. १ र २ का बासीन्दाले मंगलबार फिर्ता गरेका छन् । कोरोना भाइरसको माहामारीबाट पीडित भएका हरिनगरका दुईवटा वडाका एक सय भन्दा बढी परिवारलाई दिएको राहत चामल वडा कार्यालयमै फिर्ता गरेका हुन् ।

प्रतिपरिवार एक बोरा मात्र चामल किन्न पाइने

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले प्रतिपरिवार एक बोरा मात्र चामल खरिद बिक्रीको व्यवस्थाका लागि आदेश जारी गरेको छ। जारी ‘लकडाउन’का क्रममा खाद्यान्न संकटको अवस्था सिर्जना हुन सक्ने खतरा बढेको भन्दै गाउँपालिकाले एक पटकमा एक परिवारले एक बोरा चामल मात्र खरिद बिक्री गर्ने व्यवस्थाका लागि सोमबार आदेश जारी गरेको हो ।

विपन्न परिवारलाई चामल र नगद सहयोग

जिल्लाको कमलामाई नगरपालिका– ५ मा लकडाउनबाट प्रभावितहरुलाई नगद राहत बाडिएको छ। गैरसरकारी संस्थाको सहयोगमा सो वडामा नगदै राहत बाडिएको हो। विश्वभर फैलिएको कोरोना भाइरस रोथामका लागि सरकारले देशभर लकडाउन गरेपछि त्यसबाट प्रभावित भएर दैनिक ज्यालादारी गर्ने गरिब तथा विपन्न परिवारलाई राहत दिने कार्यक्रम अन्र्तगत वडा कार्यालयले नगद नै दिएको हो।

राहतमा कुहिएको चामल र आलु, स्थानीय भन्छन्, ‘बाच्न दिएको कि मार्न?’

लहान नगरपालिका –२० की ४० वर्षीया शनिचरीदेवी राम श्रमिक हुन्। निरन्तरको लकडाउनका कारण मजदुरी खोसिएपछि उनको परिवारमा गाँसको समस्या छ। मजदुरीबाट जम्मा गरेको रासन सकिएको छ।

खान अयोग्य भन्दै राहत चामल फिर्ता

वडा कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतबाट ल्याएर वितरण गरेको चालम म्याद सकिएको (खान अयोग्य) भन्दै स्थानीयले फिर्ता गरेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मनकामना मनिकापुर टोलका स्थानीयले उक्त चामल फिर्ता गरेका हुन्।

भोकमारी टार्न साइपालमा थप चामल

विकट साइपाल गाउँपालिकामा देखापरेको भोकमरी हटाउन चामल थप गरिएको छ। कहिले हिमपात त कहिले खडेरीका कारण हिउँदे बाली गहुँ, जौ, उवा, मुसुरोजस्ता अन्न तथा दलहनबाली नष्ट भएपछि थप भोकमरीको चपेटमा साइपालवासी पर्ने भन्दै गाउँपालिकाको विशेष पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय धनगढीले थप हजार क्विन्टल चामल ढुवानी गर्ने भएको हो।

अभाव हल्लाले चामल बिक्री दोब्बर

गएको एक हप्तामा बजारमा फैलिएको खाद्यान्न अभाव हल्लाले उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री दोब्बर बढेको छ।

डिपोमा कुहिएको चामल छानबिन गर्न माग

धनगढी हुँदै अदानचुलीको श्रीनगर डिपोमा तीन सय क्विन्टल चामल पुगेको थियो। त्यसमध्ये स्थानीयलाई वितरण गरिएको सय क्विन्टल चामल कुहिएको भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्