११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रतिपरिवार एक बोरा मात्र चामल किन्न पाइने

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिकाले प्रतिपरिवार एक बोरा मात्र चामल खरिद बिक्रीको व्यवस्थाका लागि आदेश जारी गरेको छ। जारी ‘लकडाउन’का क्रममा खाद्यान्न संकटको अवस्था सिर्जना हुन सक्ने खतरा बढेको भन्दै गाउँपालिकाले एक पटकमा एक परिवारले एक बोरा चामल मात्र खरिद बिक्री गर्ने व्यवस्थाका लागि सोमबार आदेश जारी गरेको हो ।

ट्याक्टर वा बोलेरोमा हालेर एकभन्दा बढि बोरा चामल घर लैजान नपाउने व्यवस्थाका लागि गाउँपालिकाभित्रका सबै खाद्य विक्रेतालाई अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताए ।

कतिपयले एकै पटकमा धेरै मात्रामा खाद्यान्न लगेर घरमा स्टकमा राख्दा अन्य सर्वसाधारणले बजारमा चामल नपाउने अवस्था सिर्जना हुने भएकाले प्रतिपरिवार एक बोरा चामल खरिद गर्न पाउने आदेश जारी गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: ८ वैशाख २०७७ १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App