१० मंसिर २०८१ सोमबार
image/svg+xml

खाद्यको गोदाममा कुहिएको चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चार सय ५० क्विन्टलभन्दा बढी चामल कुहिएको अवस्थामा भेटिएको छ । आइतबार खाद्यको थापाथलीस्थित धान गोदाममा अनुगमन गर्दा कुहिएको र किरा परेको चामल तथा लेबलिङ नभएको केही बोरा दाल फेलापरेको हो।

नेताको चिट भए मात्र पाइन्छ नत्र रित्तै हात

नेकपा र कांग्रेसका नेता तथा कार्यकर्ता चामलमा राजनीति हुनुमा एकले अर्कोलाई दोषी देखाउँछन्। तर चामल राजनीतिमा दुवै दलको होड चलेको सर्वसाधारण बताउँछन्। दुवै दलका नेताले आआफ्नो दलका कार्यकर्ताले बढी चामल पाउन भन्ने सोचले चिट काट्न थालेपछि सर्वसाधारणको भाग खोसिएको छ।

चामल, तेल, दाल उद्योग संघद्वारा सरकारको ध्यानाकर्षण

नेपाल चामल, तेल, दाल उद्योग संघले उद्योग र व्यवसायमा देखा परेका नीतिगत तथा व्यवहारिक समस्याका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ। संघका केन्द्रीय अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको टोलीले अर्थमन्त्री युवराज खतिवडा र कृषिमन्त्री घनश्याम भुषाललाई बेग्लाबेग्लै ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो।

राजापुरमा धान नपाएपछि कैलालीमा धान खरिद गर्दै चामल कारखाना

बर्दियाको राजापुरस्थित आधुनिक चामल कारखानाले कैलालीको टीकापुरमा धान खरिद सुरु गरेको छ। राजापुर क्षेत्रमा लक्ष्यअनुसार आवश्यक धान खरिद गर्न नसकेपछि छिमेकी जिल्लामा समेत धान खरिद केन्द्र स्थापना गरेर धान खरिद गर्न थालेको हो।

खाद्यको मनपरी, दुर्गममा महँगो चामल

सुगम जिल्लाको दररेट र दुर्गम जिल्लाको मूल्य तुलना गर्दा कुल ढुवानी भाडाको २० देखि ५० प्रतिशतसम्म खर्च उपभोक्ताको ठाउकोमा पर्छ।

ढुवानी अनुदान चामलको मूल्य थरीथरी, विकट क्षेत्रका नाममा अवैध असुली

सडक सञ्जालले नछोएको हुम्लाका ती दुई वितरण केन्द्रमा मात्र होइन, कर्णालीका पहाडी जिल्लाका बासिन्दाले सरकारले दिएको ढुवानी अनुदानको अनुभूति आजसम्म गर्न पाएका छैनन्।

बाहिरी बजारभन्दा सस्तो हुँदा पनि बिकेन सहुलियत चामल

चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्य रूपमा चामल बिक्री हुन सकेको छैन। चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चामल अनुमान गरिएको भन्दा कम मात्रामा बिक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

सहुलियत दरमा चामल बिक्री गर्न सुरु

नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरु गरेको छ। गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालाई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न शुरु गरेको हो।

मूल्य घटाउँदा पनि बिक्री भएन संस्थानको चामल

जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन्। बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो।

सोना शक्ति चामल अखाद्य नभएको पुष्टि

अखाद्य वस्तु मिसिएकोे आशङ्कामा गोरखामा बिक्रीका लागि रोक लगाइएको सोना शक्ति चामल गुणस्तरयुक्त भएको पाइएको छ।

सीमावर्ती क्षेत्रबाट चामल चोरी पैठारी

भारतबाट नेपाल भित्रिने चामलको केही हिस्सा सीमावर्ती क्षेत्रबाट चोरी पैठारी भएर आउने गरेको देखिएको छ। मुलुकका लागि करिब ६ लाख टन चामल अपुग भएको सरकारी तथ्यांक छ। यसमध्ये धेरै चामल भन्सार तिरेर आउँछ भने केही हिस्सा चोरी पैठारी भएर आउने गरेको हो।

सोनाशक्ति चामलको गुणस्तरमा आशंका, ल्याब पठाइयो

गोरखा सदरमुकामस्थित विपिचोक नजिकैको एक घरमा उपभोगका लागि ल्याइएको रिपुराज एग्रो प्रालिले उत्पादन गरेको सोनाशक्ति चामल खान योग्य नभएको आशंकापछि चेकजाँच गर्न ल्याब पठाइएको छ।

चामल आयात वार्षिक २५ अर्बको

मुलुकभर खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती हुन्छ। क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा वढी छ। यो वर्ष आइतबारसम्म करिब १४.२५ प्रतिशतमात्र रोपाइँ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्