१० मंसिर २०८१ सोमबार
image/svg+xml

दक्षिणले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ । दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

अनुदानको खाद्यान्न बाटोमै केही बिक्री, केही गोदाममा कुहिँदै

नेपाल खाद्य संस्थान सोरुकोट डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ। नेपाल खाद्य संस्थान शाखा कार्यालय गमगढीबाट सोरुकोटका लागी पठाइएको चामल सोरु गाउँपालिका वडा नम्बर ८ बाटै विक्रि हुने गरेकोे खुलासा भएको हो।

द्वन्द्वमा बन्द ठूला चामल उद्योग खण्डहरमा परिणत

दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योग खण्डहर बनेका छन्।

गोदाममै सड्यो अनुदानको चामल, 'डिस्पोज' गर्ने तयारीमा खाद्य संस्थान

उपभोक्ताले उपयोग नगर्दा नेपाल खाद्य संस्थान शाखा कार्यालय खोटाङको १० क्विन्टल चामल सडेको छ।

अनुदानको चामल बाटामै बिक्री

ठेकेदार र खाद्य संस्थानका कर्मचारीको मिलोमतोमा बीच बाटामै बिक्री गरिएपछि लक्षित व्यक्तिहरूले चामल नपाएको खुलासा भएको हो। डोल्पाका स्थानीयका लागि भनेर पठाइने अनुदानको चामल रुकुममै बिक्री भएको हो।

सुविधाको चामल लिने बढ्दै

पातारासी गाउँपालिकाकी संगिता बोहोरा आफ्नो बच्चा जन्मेको पाँच महिना पछि खाद्य संस्थान कार्यालयमा जन्ममा दिने २० केजी चामल लिन आईपुगिन्। बच्चा जन्मँदा सरकारले २० केजी चामल दिने गरेको थाहा नपाएकी उनले भनिन्,‘जन्मदर्ता गर्न जाँदा खाद्य संस्थानमा २० केजी चामल पाईन्छ भन्ने सुनेपछि खाद्य संस्थान आईपुगेको हुँ।'

सिर्दिबासमा चामल बिक्री बढ्यो, दुई हजार कोटा थप

उत्तरी गोरखामा खाद्यान्न (चामल) बिक्री बढेको छ। सिर्दिबास र माछाखोलामा चामल ढुवानी गर्दै आएको नेपाल खाद्य संस्थान शाखा कार्यालय गोरखाले बिक्री बढेपछि सिर्दिबासका लागि थप दुई हजार कोटा माग गरेको हो।

बास्नादार विदेशी चामलभन्दा स्वदेशी चामलको भात खाने आदत बसालौंः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधी र यान्त्रिकिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भएपनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए।

मार्सी चामल पुँजीवाद (माचापु)

केही समय अगाडि हाम्रो देशको ठालूतन्त्रका मूर्धन्य अग्रणी व्यक्तिहरू एउटा व्यापारीको घरमा मार्सी चामलको भोजमा एकाग्र भएर संलग्न भएको तस्बिर आएको थियो। अब धेरै नेपालीले त्यो तस्बिर र त्यसमा निहित सन्देशलाई नेपाली क्रान्तिको महान् उपलब्धि ‘मार्सी चामल पुँजीवाद’ (माचापु) भनेर सम्झने गरेका छन्।

डोल्पामा रहेकाे जापानिज चामल मुसाको चारो बन्दै

विगतका वर्षहरुमा चामल लिनको लागि सर्वसाधारणको तँछाड मछाड हुने गरेका डोल्पाका खाद्य डिपोहरुमा आजभोली मानिसहरुको भीडभाड घटेको छ।

मार्सी चामलकै मुल्यमा बिक्छ चिनोको चामल

तिला गाउँपालिका ४ का करसिंह थापा चिनो खरिदमा व्यस्त छन्। उनी चिनो खरिद गरेर गाउँकै ओखलमा फलेर चामल प्रशोधन गर्छन। त्यो चामल खलंगा बजार ल्याउछन् र बेच्छन्। यो उनको दैनिकी जस्तै बनेको छ।

चामल मिलमा आगलागी

पर्सामा एक चामल मिलमा आगलागी भएको छ। सखुवाप्रसौनी गाउँपालिका–४ सोलकपुरस्थित स्थानिय ग्यासुदिन मियाँको  चामल मिलमा शनिबार बिहान आगलागी भएको भएको हो।

तिहारका लागि चामल अभाव

हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले दसैं र तिहारका लागि पाँच हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने भन्दै पटकपटक आपूर्ति मन्त्रालय र खाद्य संस्थानलाई ताकेता गरे।

‘चाडवाडमा चामल छैन’

उत्तरी गोरखाको डिपोमा चार महिनादेखि चामल ढुवानी हुन सकेको छैन्। खाद्य संस्थान गोरखाले ढुवानी गर्न नसक्दा तिब्बतसँग सिमाना जोडिएको दुर्गम गाउँका सर्वसाधारणले दशैँ तिहार जस्तो ठूला चाडबाडमा चामल किन्न पनि पाएनन्।

संस्थानको गोदाम भरिभराउ, गाउँका डिपो खाली

दसैं तिहारको अवधिभर जुम्लास्थित खाद्य संस्थानको गोदाममा चामल भरिभराउ भएपनि गाउँका गोदाम खाली नै छन्। जुम्लाको धापा र जुम्लाकोट डिपोमा संस्थानको चामल छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्