वामपन्थी, व्यवसायी र विकास
समाजवादउन्मुख व्यवस्था अब, देशका साधन–स्रोत लुट्ने नव सामन्त(शासक)हरूको औजार बनेको छ।
समाजवादउन्मुख व्यवस्था अब, देशका साधन–स्रोत लुट्ने नव सामन्त(शासक)हरूको औजार बनेको छ।
नेपालले भारतबाट आयात गर्ने तरकारीमा विषादी जांँच गर्ने प्रयास भारतले रुचाएन र दुई देशबीच ‘तरकारी तनाव’ सुरु भएको छ। अर्कोतिर नेपाली उत्पादन (चिया, अलैँची, अदुवा, जडीबुटी, तरकारी इत्यादि) भारत जाँदा भारतीय सिमानामा लाग्ने रोक पनि नेपालका लागि निरन्तर तनावको विषय बनेको छ। दुई देशबीच रहेको यो व्यापारिक समस्यालाई दुवै देशका लागि न्यायपूर्ण तरिकाले समाधान गर्न नसक्नु दूर्भाग्यपूर्ण मात्र नभई दक्षिण एसियाली देशहरूको आर्थिक कूटनीतिका रूपमा व्यापक असफलताको चिह्न हो।
अपुग लगानी र मनग्गे भ्रष्टाचार हुने हाम्रो देशमा अर्थमन्त्री खतिवडा जंगलमा हराएको बटुवा हुन बेर छैन। यो बजेटले आर्थिक अराजकताको जंगलबाट देशलाई उन्मुक्ति दिन सक्ने देखिँदैन।
दलित वर्गमा जब जमिन छैन र सम्पत्ति छैन, त्यस्तो अवस्थामा राजनीतिक शक्ति पनि हुँदैन। दलितकै बाक्लो बस्तीबाट पनि राजनीतिक शक्ति अरू जातकै हातमा जान्छ ।
केही दिनअगाडि राजनीतिक कामको सिलसिलामा विराटनगर पुगेको थिएँ। त्यहाँ रहँदा मोरङ उद्योग–वाणिज्य संघका पदाधिकारी र उद्योगपतिहरूसँग अन्तरक्रिया गरियो। अन्तरक्रियाको नेतृत्व मोरङ उद्योग–वाणिज्य संघका युवा अध्यक्ष भीम घिमिरेले गर्नुभएको थियो।
केही समय अगाडि हाम्रो देशको ठालूतन्त्रका मूर्धन्य अग्रणी व्यक्तिहरू एउटा व्यापारीको घरमा मार्सी चामलको भोजमा एकाग्र भएर संलग्न भएको तस्बिर आएको थियो। अब धेरै नेपालीले त्यो तस्बिर र त्यसमा निहित सन्देशलाई नेपाली क्रान्तिको महान् उपलब्धि ‘मार्सी चामल पुँजीवाद’ (माचापु) भनेर सम्झने गरेका छन्।
नेपालमा ‘वाद’को कमी छैन। हामीकहाँ साम्यवाद र समाजवाददेखि उदारवादसम्म र त्यसभित्रका विभिन्न तह र तप्काबारे छलफल चलि नै रहेको छ। यतिले नपुगेर एक समय हिजोको माओवादीले निकालेको ‘पचण्डपथ’ पनि देशमा हाबी भएको थियो यद्यपि त्यो के हो र कहाँ छ भन्ने कुरो यसका निर्माताहरूले पनि बिर्सिइसकेका छन्।
एउटा ठूलो हरियो घाँसै घाँस उम्रने चउर रहेछ। त्यो चउरमा एक सय गाई चराउँदासम्म घाँस पुग्ने रहेछ तर यो अनुशासन त्यो गाउँका किसानले मानेनन्। एक सयको सट्टा एक हजार गाई चउरमा चराउन थालेछन्। स्वभावतः चउरले एक हजार गाईलाई थेग्न सकेन।
देशमा दुईतिहाइको सरकार छ। जङ्गलको लडाइँ होस् या सिंहदरवारको प्रशासन होस्, सबै क्षेत्रमा खारिएका नेकपाका अध्यक्षद्वयकोनेतृत्व छ। तर पनि झण्डै ९ महिना भइसक्यो तर शासन, प्रशासन र जनता सबैतिर निराशा बढेर गएको छ। सक्षम, गतिशील र इमानदारीको सट्टा जनताले सरकारलाई भ्रष्टाचार र अराजकताको हिलोमा गाडिएको हात्तीका रूपमा देख्न लागेका छन्।
जहाँ आस्था, श्रद्धा समर्पणको भाव रहन्छ त्यहाँ भगवानको उत्पत्ति हुन्छ । हाम्रो देशमा मनकामना यस्तै तीर्थस्थल हो। दिनमा हजाराैं मानिस त्यहाँ पुग्छन् र चेतन/अचेतन मनको कुनै कुनामा शायद श्रद्धा र समर्पण लिएर पुग्छन्। केही दिनअगाडि यस्तै भावना बोकेर म मनकामना मन्दिर पुगेंँ ।
बिमस्टेक सम्मेलनमा नेपालले राम्रो व्यवस्थापनग-यो र सबै कार्यक्रम सफलभयो भन्ने अवधारणा हामीमाछ तर सैनिकअभ्याससम्बन्धीप्रश्नमाभारत र नेपालबीच देखिएको असमझदारीले यो सम्मेलनले दुई देशबीच अविश्वासको संकट खडा गरेको छ।
भनिन्छ, भ्यागुतोलाई उमाल्नुप-यो भने एकतालै तातो पानीमा हाल्नु हुँदैन । पहिले यसलाई चिसो पानीको भाँडोमा राख्नुपर्छ। अनि तलबाट आगो लगाई बिस्तारै पानीलाई तताउँदै लग्नुपर्छ।
बिहान सवेरै उठें । बाहिर कुहिरोले डम्म थियो। आफू भन्दा दुइ मिटर अगाडि पनि सेतो वादल जस्तो कुहिरोले अनौठो किसिमको सेतो अन्धकार कायम गरेको थियो। अचानक संझे भाइलाई । यस्तै जाडोमा दुइ वर्ष अघि भाई रमेश घरवाट स्कूलमा पढाउन हतार–हतार गर्दै एक कप चिया पिएर निस्केको थियो।
हाम्रो देशमा जनताको स्वार्थ र पार्टीगत स्वार्थ भाषणमा एक देखिन्छन् तर व्यवहारमा फरक देखिएका छन् । यिनीहरूबीचको खाडल घट्नुको सट्टा बढेर गएको छ । एउटा सानो उदाहरण लिउँ– मध्य मस्र्याङ्दीजल विद्युत् योजना सुरु गर्दा २० कराेड प्रतिमेगावाट खर्च लाग्ने अन्दाज थियो ।