डा. केसीका समर्थकमाथि प्रहरीको धरपकड (फोटो फिचर)
प्रदर्शनको तयारी गरिरहेका बेला युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायत लेखेका प्ले कार्ड बोकेका थिए।
प्रदर्शनको तयारी गरिरहेका बेला युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारीले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लगायत लेखेका प्ले कार्ड बोकेका थिए।
चिकित्सा शिक्षा सुधारका लागि सरकार र डा. गोविन्द केसीबीच विगतमा भएका सम्झौता कार्यान्वयनको स्थिति सार्वजनिक गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग माग गरेको छ ।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। झरीको पनि प्रवाह नगरी केसी समर्थक सडकमा आएका हुन्।
डा. केसी अपराधी हैनन्। उनी डन पनि हैनन्। उनका पछि गुण्डा पनि छैनन्। न उनी हतियार बोकेरै हिँड्छन्। तर पनि सरकार किन यतिविधि डराउँछ उनीसँग ?
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिकित्सक गोविन्द केसीका जायज माग पूरा गरी उनको जीवन रक्षा गर्न सरकारलाई अपिल गरेको छ ।
नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न आग्रह गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै केसीका जायज माग पूरा गरी जीवन जोगाउन प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गरेका हुन्।
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको छ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा.गोविन्द केसीको समर्थनमा मंगलबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डा. गोविन्द केसीको व्यवहार एकातर्फ हेर्ने अर्को तर्फ गर्ने जस्तो भएको टिप्पणी गरेका छन्।
चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीले आफुलाई जवर्जस्ति ट्रमा सेन्टर पुर्याएको बताउँदै शिक्षण अस्पताल लैजान आग्रह गरेका छन्।
चिकित्सा शिक्षा सुधारका लागि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा सोमबार बेलुकादेखि भर्ना गरिएका केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हो।
चिकित्सा शिक्षा सुधारका लागि कर्णालीको जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई सोमबार नेपालगन्ज पु¥याइएको छ। आठौं दिनसम्म अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उपचारका लागि काठमाडौं लान लागिएको छ। सोमबार अबेर भएपछि डा. केसीलाई नेपालगन्जमै राखिएको छ।
नेपाली कांग्रेस संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आन्दोलनरत अभियन्ता डा. गोविन्द केसीले अघि सारेका मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेको छ।
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको समर्थमा प्रदर्शन भएको छ। आइतबार ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ले माइतीघर मण्डलामा प्रर्शन गरेको हो।
मुटुको चाल अनियमित बनेपछि डा. गोविन्द केसीलाई सास फेर्न गाह्रो भएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएको चिकित्सकले बताएका छन्।