१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई कांग्रेसको अपिल, डा. केसीसँग तत्काल वार्ता गर

नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न आग्रह गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै केसीका जायज माग पूरा गरी जीवन जोगाउन प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गरेका हुन्।

प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा. गोविन्द केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने कांग्रेसको ठहर छ। ‘डा. केसीको पछिल्लो अनशन जुम्लामा शुरु भएर, नेपालगन्ज हुँदै काठमाडौ पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दासम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगिको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको छ’, विज्ञप्तिमा भनिएको छ।  

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४" लाई नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेलासम्म फरक उचाइमा पुगिसकेको हुने कांग्रेसले बताएको छ।

 

प्रकाशित: ७ आश्विन २०७७ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App