चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीले आफुलाई जवर्जस्ति ट्रमा सेन्टर पुर्याएको बताउँदै शिक्षण अस्पताल लैजान आग्रह गरेका छन्।
उनलाई विमानस्थलबाट एम्वुलेन्समा शिक्षण अस्पताल लैजाने भनेर राखिए पनि ट्रमा सेन्टर लगिएको थियो।
डा. केसी शिक्षण अस्पताल लैजानु पर्ने भन्दै एम्बुलेन्सबाट बाहिर निस्कन मानेका थिएनन्। तर प्रहरीले उनले जवर्जस्ति निकालेको थियो।
केसीलाई आज नेपालगञ्जबाट काठमाडौं ल्याइएको थियो। जुम्लाको एक मन्दिरमा अनशन बसेका केसीलाई हिजो नेपालगञ्ज लाइएको थियो।
डा. केसीले आफुलाई जवर्जस्ती गरेको भन्दै यो प्रहरीको गुण्डागर्दी हो भन्दै प्रश्न गरेका छन्। उनले आफुले काम गरेको शिक्षण अस्पताल जान्छु भन्दा प्रहरीले कोरोनाका कारण त्यहाँ जान नमिल्ने भन्दै उनलाई तानेका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, पीसीआर परीक्षणलाई तीब्र पार्नुपर्ने लगायतका माग राख्दै केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए।
प्रकाशित: ६ आश्विन २०७७ १०:०५ मंगलबार