१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उद्धारका लागि तीन जिल्लामा सेनाको हेलिकप्टर पठाइयो

 गृह मन्त्रालयले प्राकृतिक विपद् प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

शनिबार दिउँसोपछि मौसम सामान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकप्टर काभ्रेपलान्चोक, मकवानपुर र सिन्धुली पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

“ प्रभावित क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन ।” उनले भने–“ मौसममा सुधार आएपछि तीन वटा जिल्लामा  सेनाका हेलिकप्टर पठाएका छौं ।”

सेनाको हेलिकप्टरले शनिबार काठमाडौँ उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्धार गरेको थियो ।

विपदबाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपदमा परेकाहरूको खोज तथा उद्दारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारु गर्न सरकार लागि परेको बताएका छन् । 

प्रकाशित: १२ आश्विन २०८१ १९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App