२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा. केसीको समर्थनमा प्रदर्शन

सत्याग्रहमा बसेका डा. गाेविन्द केसीकाे समर्थनमा बिहिबार काठमाडाैंकाे माइतीघर मण्डलामा पदर्शनमा उत्रिएकालाई नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर: माेनिका मल्ल/नागरिक

चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। झरीको पनि प्रवाह नगरी केसी समर्थक सडकमा आएका हुन्। 

सरकारले निषेधित क्षेत्र घोषणा गरेको मण्डलामा प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शनकारीले केसीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गरेका थिए। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले धरपकड गरेको थियो। धरपकडपछि केहीबेर स्थिति तनावग्रस्त बनेको थियो। शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपको विरोध गरिएको छ।

केसी सत्याग्रहमा बसेको ११औं दिनसम्म पनि उनका माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै प्रदर्शनकारी आक्रोश पोखेका थिए। केसीका माग आफूहरुको भविष्यसँग जोडिएकाले स्वस्फूर्त सडकमा उत्रिएको समर्थक प्रितम सुवेदीले बताए। १९औं पटक जुम्लामा सत्याग्रहमा बसेका केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई मंगलबार काठमाडौं ल्याइएको थियो। उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। अस्पतालको शड्ढयामा पनि उनले सत्याग्रहलाई निरन्तरता दिएका छन्।

प्रकाशित: ९ आश्विन २०७७ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App