५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

चितवनमा एक हजार बढीमा डेंगु सङ्क्रमण

कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो।

गित मार्फत डेंगु सचेतना कार्यक्रम

जिल्ला सुरक्षा समिति अर्घाखाँचीको आयोजनामा डेंगुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया तथा सांगितिक कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक गितसंगित प्रस्तुत गरेको थियो।

देशभर डेंगुको महामारी, डेंगु नियन्त्रणका लागि जाडो कुर्दै सरकार

‘डेंगीको मुख्यजटिलतामाएउटा रक्त श्रावहो। त्यसलाई हामी डेंगीह्यामरेज फिभर भन्छौं। त्यसमापनिदुई खालको हुन्छ। रक्तश्राव धेरै र थोरै हुने। यदि रक्तश्राव धेरै भयो भने डेंगी संक्रमितको मृत्यु हुन सक्छ।

डेंगु संक्रमितले भरिए भक्तपुरका अस्पताल

जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार भक्तपुर जिल्लामा १ हजार १ सय ४० डेंगु संक्रमित भएका छन। यसमा महिला चार सय ८६ र पुरुष ६ सय ३९ रहेका छन्।

जलवायु परिवर्तनका कारण कर्णालीका हिमाली जिल्लामा डेंगु

सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म यहाँका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेंगुका ४० बिरामी फेला परेका छन्।

एकै दिन ५४० जनामा डेंगु , दुई जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ।

नेपालमा डेंगुबाट एकैदिन ४ जनाको मृत्यु

मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

डेंगु बिरामीको संख्या साढे २५ हजार भन्दा बढी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन्। हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ।

भेरी अस्पतालमा डेंगुका बिरामी बढे

नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेंगु लगायत बिरामी राखेको छ। यहाँ डेंगुको बिरामी ४६ जना छन्।

डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ। हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

बेनीमा डेंगु ‘खोजी र नष्ट अभियान’

बेनीबजारभित्रका दुवै वडामा आमा समुह, टोल सुधार समिति, नेपाल प्रहरी, युवा क्लव, विद्यालयका विद्यार्थी सहितको टोलीले शनिबार सरसफाई सहितको अभियानमा जुटेका थिए।

डेंगुबाट बच्न सतर्कता अपनाउन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या राज्यन्त्रीम हिराचन्द्र केसीले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन्। आज एक अपिल जारी गर्दै उनले डेंगुको पहिचान र उपरचामा कमी हुन नदिन लागिपरेको बताएका छन्।

हरेक दुई-तीन वर्षको अन्तरालमा डेंगु फैलिराछ, सरकारी तयारी शून्य

नेपालमा पहिलोपटक सन २००४ मा डेंगु देखिएको थियो। भारतबाट आयातित डेंगु चितवनमा ३२ जनामा संक्रमण भएको थियो। त्यसयता नेपालमा निरन्तर डेंगु संक्रमण देखिएको छ। सन् २००६, सन् २०१०, सन् २०१३, सन् २०१६, सन् २०१७ मा नेपालमा डेंगुको प्रकोप नै देखिएको थियो भने सन् २०१९ मा डेंगुको झनै ठूलो प्रकोप देखिएको थियो।

बैतडीमा १३ जनामा डेंगु बिरामी

अचानक उच्च ज्वरो आउने, आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्ने, शरीर दुख्ने, घांटी बस्ने, साना बिमिरा आउने, शरीर चिलाउने लगायत यस रोगका लक्षण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्