१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

डेंगु बिरामीको संख्या साढे २५ हजार भन्दा बढी

देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ।

२०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन्। हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ।

नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए। त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ।

प्रकाशित: ११ आश्विन २०७९ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App