coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गित मार्फत डेंगु सचेतना कार्यक्रम

अर्घाखाँचीमा डेंगु संक्रमण तिव्र रुपमा फैलिन थालेपछी सचेतना अभियान थालिएको छ। सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुको संक्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो।

जिल्ला सुरक्षा समिति अर्घाखाँचीको आयोजनामा डेंगुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया तथा सांगितिक कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक गितसंगित प्रस्तुत गरेको थियो। ट्राफिक प्रहरीका रणपाल सेनले ‘सुत्नेबेला नगरौं भुल पनि, सबले घरमा लगाऔं है झुल पनि’ बोलको सांगितिक प्रस्तुती राखेका थिए। सन्धिखर्क नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मराज पन्थीले डेंगु, डेंगु सर्ने कारण, डेंगुका लक्षण तथा रोकथामका उपायहरूका बारेमा जानकारी गराएका थिए।

जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले चाडबाड नजिकिएसँगै डेंगु संक्रमणको जोखिम झन बढ्ने भएकाले यसको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताए। संक्रमण फैलिएका जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकता अनुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए।  

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, शितगंगा नगरपालिकाका मेयर छविलाल पौडेल, भुमिकास्थान नगरपालिकाका उपमेयर बालकृष्ण बञ्जाडे, प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाल,  विभिन्न कार्यालयका प्रमुख, सरोकारवाला तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो।

प्रकाशित: १८ आश्विन २०७९ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App