४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

चितवनमा एक हजार बढीमा डेंगु सङ्क्रमण

जिल्लामा एक हजार २६ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा  सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो। ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन्। दुई सय १७ जना बाहिरी जिल्लाका  र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। उनका अनुसार डेंगुका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ।

जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेंगु सङ्क्रमण देखिएको कार्यालयलको तथ्याङ्कले देखाएको छ।  

यस्तै राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँचजनामा डेंगु देखिएको हो।  सङ्क्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन्। चार सय ६ पुरुष र दुई सय ८७ महिलामा डेंगु देखिएको कार्यालयले जनाएको छ।रासस

प्रकाशित: २१ आश्विन २०७९ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App