coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

धादिङमा सिटामोल अभाव

डेंगु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ। सिटामोलको अत्यधिक माग भएपछि धादिङ बेंसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ। अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन्।

डेंगुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्न पहल भने भएको छैन। धादिङ बेंसीस्थित धादिङ अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि बिक्री गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन्। निजी मेडिकलमा सिटामोल अभाव भएको छ।

धादिङ बेंसीस्थित रुपा मेडिकलमा सिटामोल मंगलबार नै सकिएको छ। सिटामोल किन्न आउनेलाई त्यत्तिकै फर्काउनुपरेको छ। सरकारी अस्पतालले सिटामोल दिन नसकेपछि अस्पतालले लेखिदिएको पुर्जा बोकेर बिरामी बजारबजार चहार्न थालेका छन्।

डेंगुका बिरामी बढेको बेला धेरै सिटामोल चाहिने भए पनि कम्पनीले सिटामोल नदिएको रुपा मेडिकलका सञ्चालक गोपी श्रेष्ठको भनाइ छ। धादिङमा गत साउन १ गते यता करिब तीन महिनाको अवधिमा एक हजार ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। अस्पतालमा बिरामीको चापले शय्या भरिएका छन्।रासस 

प्रकाशित: २६ आश्विन २०७९ ०५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App