coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा १३ जनामा डेंगु बिरामी

बैतडीमा १३ जनामा डेंगुको संक्रमण देखिएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको परीक्षणमा डेंगुका बिरामी फेला परेका हुन्।

एडिस एजिप्टाइ जातको पोथी लाम्खुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुने गरेको छ। पहाडमै डेंगु संक्रमित भेटिन थालेपछि जिल्ला स्वास्थ्य कार्यालय बैतडीले सचेतनात्मक कार्यक्रम गर्न थालेको छ।

अचानक उच्च ज्वरो आउने, आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्ने, शरीर दुख्ने, घांटी बस्ने, साना बिमिरा आउने, शरीर चिलाउने लगायत यस रोगका लक्षण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेंग सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको संख्या बढन थालेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन जोशीले बताए।

डेंगु रोगको संक्रमणबाट बच्न आफ्नो घर वरिपरि जम्मा भएको पानी, कुहिने फोहर लगायत लामखुट्टे आउने ठाउँको सरसफाई र डेंगु संक्रमणबाट बच्ने उपायबारे सचेतना फैलाउन थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७९ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App